२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

मेयर साम्पाङ भन्नुहुन्छ – नेताले भ्रष्टा’चार गरे राजिनामा मात्रै दिएर हुँदैन, कसुर अनुसारको द-ण्ड स’जाय पनि हुनै पर्दछ ।

असार २८, काठमाडौ : सामाजिक अभियन्ताका रुपमा दरिएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए।

उनले प्रमुखमा उम्मेदवारी दिने भएपछि उपमहानगरमा भइरहेको बेथितिबारे एक्लै भाषणमार्फत सन्देश फैलाउँदै घरदैलो गरेका थिए। एक्लै भए पनि उनले धरानको विकासमा खेल्नुपर्ने भूमिकाबारे बताउँदै आएपछि धरानका स्थानीयले यसपाली

उनलाई लोकप्रिय मत दिएर जिताएका हुन्। उनले २०७६ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा जम्मा ४४२ मत प्राप्त गरेका थिए। हर्क साम्पाङ, खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा सङ्घर्षरत व्यक्ति हुन्।

विसं २०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मिएका साम्पाङ त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी ०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए। उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छ्न्।

अध्ययनकै क्रममा उनले धरानस्थित एक ‘ल्याङ्ग्वेज सेन्टर’मा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे। त्यसको केही समयपछि विदेशिनुभएका साम्पाङ अफ्गानिस्तान र इराकमा छ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनेर उनी सामाजिक काममा लागे।

अहिले उपमहानगर प्रमखमा लोकप्रिय मत ल्याएर विजय हासिल गरेका साम्पाङ सामाजिक अभियानमा समेत निरन्तर लाग्दै आएका थिए। तर चर्चा भने कम नै थियो। उनले धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट उनले सुरुआत गरे।

सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको परिचय फैलँदै गयो। सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भई काम सुरु भएर पानी वितरण त भए पनि समस्या भने ज्युँकात्युँ रह्यो। अहिले पनि धरानमा खानेपानी अभाव छ।

साम्पाङले पहिलो पटक हिक्मतका साथ आयोजनाप्रति प्रश्न गर्न थाले। खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उनी एक्लै सडकमा उत्रिए। यस विषयमा बिस्तारै अन्यले पनि साथ दिँदै गए।

धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीवि’रुद्ध उनले आवाज बुलन्द पार्दै गए । उनको अभियानलाई धरानका स्थानीयले साथ दिन थालेपछि निरन्तर खबरदारीमा लागि रहिरहे। ‘सतिसाल’झँ नागरिकका सानातिना समस्यामा उहाँ आवाज उठाइरहँदा आज अरुको साथ नपाए पनि धरानका स्थानीयको पूर्ण साथ पाएका छन्।

जनताको सेवा गर्न चुनिएका राजनीतिक दलका जनप्रतिनिधि ग-म्भीर नहुँदा स्थानीयमा असन्तुष्टि चुलिएको उनको बुझाइ छ। त्यही असन्तुष्टिका कारण आफूले लोकप्रिय मत पाएको उनी बताउँछन्। यो चुनावमा न मेरो कुनै सङ्गठन थियो र छ, न म कुनै सेलेब्रिटी वा धनाढ्य हुँ। तर मैले जनताको समस्या सार्वजनिकरूपमा उठाएकाले स्थानीयले मलाई विश्वास गर्नुभयो। उहाँहरुप्रति धेरै कृतज्ञ छु, नवनिर्वाचित साम्पाङले भने।

विसं २०७४ को स्थानीय तहको चुनावमा उहाँ केवल मतदाता भएर मैदानमा थिए। ०७६ को उपचुनावमा भने उनी तिनै मुद्दा लिएर एक्लैको निर्णयले स्वतन्त्र उम्मेदवार बनेका थिए। भ्रष्टाचारमुक्त समाज र पारदर्शी शासन उनको मान्यता रहेको छ।

उनी भन्छन्, नेताले भ्रष्टा-चार गरे राजिनामा मात्रै दिएर आम माफी हुनुहुँदैन, क’सुर अनुसारको द’ण्ड स’जाय पनि हुनै पर्दछ। उनी धरानको खानेपानीको व्यवस्थापन आफ्नो पहिलो जिम्मेवारी भएको बताउँछन्। धरानका सबैलाई खानेपानी व्यवस्था गरेपछि मात्र मेरो जीत हुन्छ, उनि भन्छन्। न्युज पर्दा बाट

२०७९ असार २८, मंगलवार प्रकाशित 1 Minute 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार