
असार २८, काठमाडौं : कमाउन विदेश जानेहरू घरबाट निस्किने बेलादेखि नै पाइला पाइलामा ठ’गिने गरेका छन्।
विदेश जाने लामो र झन्झ-टिलो प्रक्रियामा उनीहरू
देशभित्रै ठगिन्छन् अनि विदेश पुगेपछि त्यहाँ पनि ठगिन्छन्।
श्रमिकहरूको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूले गरेको अध्ययनअनुसार उनीहरू घरबाट निस्किने बेलैदेखि ठ-गिन्छन् र त्यो ठ’गिने क्रम विदेश पुग्दासम्मै चल्छ।
नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) र पिपुल्स फोरमले हालै सार्वजनिक गरेका प्रतिवेदनहरूमा उनीहरू आफ्नै देशका स्थानीय एजेन्टहरूदेखि विदेशमा रोजगारदाता कम्पनी र त्यहाँका अरू एजेन्टहरूबाट पनि ठ’गिइरहने देखिएको छ।
हरेक दिन विदेशिने हजारभन्दा धेरै युवाहरू नेपालमै रिक्सा र सार्वजनिक सवारीदेखि फोटोकपी गर्दासमेत ठ’गिन्छन्। यहाँका दलाल र उनीहरूका प्रतिनिधिदेखि विदेशमा काम गर्दा पनि त्यहाँकै दलालको चंगुलमा फस्छन्।
जीफन्टको अध्ययनमा संलग्न रहेका डा. जीवन बानियाका अनुसार उनीहरूलाई ठग्नेक्रम नेपालबाटै सुरू हुन्छ। विदेश जाने प्रक्रियाको सुरूवातमै पासपोर्ट कब्जामा लिएर उनीहरूलाई दलालले आफूसँगै झु-न्डिन बाध्य बनाउँछन्।
र, कामदारहरूले आफूले चाहेअनुसारको प्रक्रिया आफै थाल्न सक्दैनन्। फोटो खिचाउने र फोटोकपी गर्नेदेखि प्रक्रिया पूरा नहुँदासम्म उनीहरूले भनेकै ठाउँमा खान बस्न बाध्य पार्ने काम यहाँकै एजेन्टहरूले गर्दै आएका छन्।
वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली श्रमिक कुनै कुनै चरणमा ठगिने गरेको अध्ययनमा सहभागी डा.जीवन बानिया बताउँछन्। उनकाअनुसार नेपाली कामदारले पासपोर्टदेखि लिएर कागजपत्र समेत आफनो साथमा राख्न पाउँदैनन्।
अध्ययनअनुसार रोजगारीका लागि विदेश पुगेका करिब ५३ प्रतिशत श्रमिकले यहाँ भनिएअनुसार तलव पाउँदैनन्। यहाँका म्यानपावरसँग एउटा ‘करारनामा’ गरेर गएका नेपाली कामदारले त्योअनुसार तलव सुविधा नपाएको तथ्याङ्कहरूले देखाएका छन्। तथ्याङ्कअनुसार करिब ४३ प्रतिशत पुरूष कामदारले भनेअनुसार सुविधा पाउँदैनन्। त्यस्ता महिला कामदार करिब ५२ प्रतिशत छन्।
पिपुल्स फोरमको एकअर्को अध्ययनअनुसार विदेश जानखोज्ने कामदारमध्ये करिब ६४ प्रतिशत नेपालमै ठगिन्छन्। यो अध्ययनमा संलग्न रहेका अधिवक्ता सुदीप देवकोटाका अनुसार विदेश जाने भनेपछि उनीहरू घरबाट निस्केदेखि नै ठ-गिन सुरू हुन्छ।
यहाँ उनीहरू रिक्सा, टेम्पोदेखि चिया पसल, फोटोकपी सेन्टर अनि स्वास्थ्य परीक्षणदेखि हवाइ टिकट किन्दासम्मै ठगिन्छन्। किनकि यी सबै सञ्जालहरू सम्बन्धित दलालले बनाएका हुन्छन्।
अध्ययनअनुसार दलालमार्फत गएकामध्ये ६५ प्रतिशत नेपाली कामदारहरू विदेशका कम्पनीमा तलवमा ठ’गिन्छन्। र, आफन्त अनि चिनजानकाहरूले पठाएका करिब ५९ प्रतिशत नेपाली कामदार विदेशमा ठगि’एका छन्।
विदेश पुगेका यी कामदारमध्ये करिब ८३ प्रतिशत कामदार चाहेको बेला घर फर्किन पाउँदैनन्। अनि मन नलागेको काम छोड्न पनि पाउँदैनन्।
सबैभन्दा धेरै साउदी अरवमा करिब १५.४५ प्रतिशत नेपाली कामदार विभिन्न क्षेत्रमा ठगिने गरेको प्रतिवेदनहरूले देखाएका छन्। त्यस्तै दुबईमा १०.४५, कतारमा ३.१५, मलेसियामा २.५२, जोर्डनमा ०.९१, कुवेतमा १.४३ र अरू देशमा ३.२५ नेपाली कामदार ठ’गिनेगरेको छन्। प्रवास खबर बाट