
असार २८, काठमाडौ : बजेट भाषणको अघिल्लो दिन एक पूर्व नासु सहित अर्का एक भारतीय नागरिकलाई अर्थमन्त्रालयमा बोलाएर करको दर हेरफेर गराएको ग’म्भिर आ’रोप लागे पछि
सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा क्याबिनेटका अर्थमन्त्री जनार्दन शर्माले राजि’नामा दिएका छन् । शर्माले राजिनामा दिए पनि यसको आयामहरु बारे विभिन्न कोणबाट चर्चा परि-चर्चा भइरहेको छ ।
प्रश्न र विवाद उठे पछि शर्माले राजिनामा दिएर नैतिकता र त्याग देखाएको भन्दै माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले उनको जयजयकार गरिरहेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो शक्तिले जनार्दनलाई घुँडा टेकाएको दाबी गरेको छ ।
जनार्दन प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड पनि मुछि’एका छन् । यसले लहरो तान्दा पहरो गर्जन सक्ने अवस्था पनि आएको छ ।
जनार्दन प्रकरणको बारेमा विभिन्न कोणबाट चर्चा परिचर्चा भइरहेका बेला पूर्व प्रहरी रमेश खरेलले जनार्दन शर्मा , माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाका बारेमा केहि समय अघि बोलेको एउटा भिडियो अहिले भाइरल भएको छ ।
खरेलको भिडियो सेयर गर्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले जनार्दनलाई रमेश खरेलको आँशु लागेको टिप्पणी गरिरहेका छन् । सामाजिक संजालमा भाइरल भएको भिडियोमा खरेलले आफुलाई तत्कालिन समयमा नेपाल प्रहरीको आइजिपी बन्न नदिन जनार्दन शर्मा , माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा कसरी लागेका थिए भनेर इतिबृ’तान्त सुनाएका छन् ।
आफ एक नम्बरमा हुँदा र सबै हिसाबमा आइजिपी हुन योग्य रहेको र पालो पनि आफ्नै हुँदा पनि तत्कालिन गृहमन्त्री जनार्दन शर्मा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले षड्य’न्त्र र खुरा’पात गरेर आइजिपी बन्न नदिएको दाबी उनले गरेका छन् । त्यो बेला जनार्दन र प्रचण्डले कति सम्म गरेका थिए भन्ने कुराको खुुलासा पनि खरेलले गरेका छन् ।
त्यस बेलाको घ’टना स्मरण गराउँदै खरेलले प्रचण्डको ठाडो निर्देशनमा तत्कालिन गृहमन्त्री जनार्दन शर्माले आफुलाई आइजीपी बन्न नदिएको जिकिर खरेलले गरेका छन् । प्रचण्डका छोरा प्रकाश दहालको मोवाइलबाट फोन गरेर प्रचण्डले कुनै पनि हालतमा रमेशलाई आइजीपी नबनाउँनु भन्ने निर्देशन दिएको खरेलले सुनाएका छन् ।
आफुलाई आइजिपी नबनाए पछि तत्कालिन गृहमन्त्री जनार्दन शर्मासँग आफुले कुराकानी गरेको भन्दै खरेलले किन मलाई आइजीपी बनाउँनु भएन भन्ने प्रश्न गर्दा तपाई हरेक हिसाबले आइजिपी बन्न योग्य हुँदा हुँदै पनि मेरो कमा’ण्डरको आदेश नभएका काराण मैले बनाउँन सकिन मैलै कमाण्डरको आदेश मान्नै पर्छ भन्ने जवाफ जनार्दनले दिएको खरेलले भनेका छन् ।
योग्य हुँदाहुँदै पनि आइजपी बन्न नदिएका प्रचण्ड र जनार्दनलाई आफुले त्यसै दिन श्राप दिएको पनि खरेलले भनेका छन् । एक दिन मेरो आँशु उनीहरुलाई लाग्छ भन्दै खरेल भावुक भएका छन् ।
त्यस बेला अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवानै प्रधानमन्त्री रहेको र उनी पनि प्रचण्डकै कुरा सुनेर आफु माथी ठूलो अन्याय गरेका दुखेसो खरेलले गरेका छन् ।
गहभरी आँ-शु पार्दै खरेलले प्रहरी जवानबाट सुरु भएको आफ्नो करियरमा आइजीपी बनेर देशको लागी केहि गर्ने योजना र सपना खुरापातीहरुले पुरा गर्न नदिएको भनेका छन् । खुरापातीहरुले आइजीपी बन्न नदिए पनि तीन करोड नेपालीको मनको आइजीपी भने आफुनै भएको खरेलले भनेका छन् ।ओटिभी नेपाल