२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

मलेसिया रोजगार – कम्पनीले चर्को कमिशनमा सम्झौता तोडेको आ’रोप !

असार २८, काठमाडौं : फ्युजन इन्टरनेशनल प्रा.लि.ले मलेसियाको तान चोङ ग्रुप अफ कम्पनीले फ्रि भिसा फ्रि टिकट अन्तर्गत नेपाली कामदार लैजान गरेकोे सम्झौता पालना नगरेको बताएको छ ।

उक्त कम्पनीले मातहत रहेका ७ वटा होल्डिङ कम्पनीका लागि नेपालबाट स्वच्छ एवं न्यायोचित भर्ना प्रक्रियाका माध्यमबाट कामदार लैजान फेयर रिक्रुटमेन्ट प्रोसेस (ईपान)को सदस्य समेत रहेको आफ्नो संस्थासँग गत जुन २८ तारेखमा

सम्झौता गरे पनि हाल उक्त कम्पनीले चर्को कमिशन लिएर डिमाण्ड बिक्री गरेकोे सञ्चालक कुमुद खनालले दाबी गरे ।
सम्झौताका परिपालना नहुँदा नेपाल र मलेसियाबीच करिब तीन वर्षअघि भएको श्रम सम्झौताको प्रत्यक्ष उल्लंघन भएको भन्दै

खनालले यस विषयमा वैदेशिक रोजगार विभाग र मलेसियास्थित नेपाली दूतावासमा उजुरी दर्ता गराई कानूनी उपचार खोज्न लागेको समेत बताए ।

शुरूमा तीन वर्षे अवधि राखेर गरिएको कामदार आपूर्ति सम्बन्धी सम्झौतामा उक्त कम्पनीले नेपालबाट कामदार लैजाँदा एम्बेसी स्ट्याम्पिङ शुल्क, मेडिकल शुल्क, टिकट र नेपाली

एजेन्सीको शुल्क तोकिएको बैंकमार्फत तिर्ने गरी सहमति भएपनि सम्झौता कार्यान्वयनमा नै जान नपाएको खनालले बताए ।

ईपानको सदस्यसमेत रहेको आफ्नो संस्थासँग गरेकोे सम्झौता पालना नभएबाट नेपालले माइलस्टोन एग्रीमेन्ट भनेर प्रचार गरेकोे मलेसियासँगको श्रम सम्झौता अर्थहीन हुन पुगेको खनालले दाबी गरे ।

मलेसियासँग सम्झौता गर्दा इम्प्लोइमेन्ट पे मोडलमा गरिएको भन्दै नेपालले उक्त सम्झौताको आधारमा नेपाली अन्य मुलुकसँग गरिने श्रम सम्झौताको आधार बनाउने बताउँदै आएको छ ।

२०७९ असार २८, मंगलवार प्रकाशित 0 Minutes 119 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।