२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

फेरि सार्वजनिक गाडीको भाडा बढ्याे, कहाँको कति ?

फेरि सार्वजनिक गाडीको भाडा बढ्याे, कहाँको कति ?

असार २७, काठमाण्डाै : आज साेमवारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडादर बढेको छ । यातायात व्यवस्था विभागले आज एक सूचना निकालेर अन्तरप्रदेश, यात्रुवाहक

तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो ।
विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ ।

यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्याेभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक गएकाे असार १२ मा भाडादर समायोजन गरिएको थियो ।

२०७९ असार २७, सोमबार प्रकाशित 0 Minutes 212 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।