
असार २८, काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीको उम्मेदवार तय गरेर आफ्नो दलले आगामी चुनावमा भाग लिने बताएका छन ।
सञ्चारकर्म छाडेर राजनीतिमा आएका लामिछानेले मंगलबार मात्र दलको घोषणा गरेका हुन् । उनले निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन पनि दिएका छन् । लामिछानेका अनुसार दलको सभापति उनी आफैं छन् ।
दलमा उनीसहित २१ पदाधिकारी रहेको भने पनि उनले अरु पदाधिकारीको नाम भने खुलाउन चोहनन् । उनले भने, दल दर्ता प्रयोजनका लागि पदाधिकारीहरु राखेका छौं । देशले चिनेका होइनन्, देशलाई चिन्नेहरु छन् ।
दल दर्ताका लागि निवेदन दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले आफ्नो दल प्रधानमन्त्रीको उम्मेदवारसहित चुनावमा जाने बताए । उनले अघि भने, प्राइमरीबाट प्रधानमन्त्रीको उम्मेदवार चुन्छौं र प्रधानमन्त्रीले आफ्नो मन्त्रीहरुको टिम बनाउँछ ।
त्यही लिएर हामी चुनावमा जान्छौं । झापा १ मा विश्वप्रकाशको भेट रविन कोइरालासँग झापा १ मा नेपाली कांग्रेसका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्मा नै चुनावी मैदानमा उत्रिने लगभग निश्चितजस्तो छ ।
चुनावको सम्भावित नतिजाबारे शर्माले तीनजनाको टीम बनाएर अनौपचारिक सर्वेक्षण शुरू गरेका छन् ।जिल्लाका नेताहरूसँगको ब्रिफिङमा शर्माले काठमाडौंबाट तीनजना सर्वेक्षक आएर फिल्डको अवस्थाबारे सुक्ष्म विश्लेषण गरिरहेको बताएका थिए ।
विगतमा दुईपटक परा-जय व्यहोरेका शर्माले यसपटक नतिजा उल्टाउने योजना बनाएका छन् । जीत सुनिश्चित हुने भएमात्र उनले उम्मेदवारी घोषणा गर्नेछन् । कांग्रेसको महामन्त्री रहेको र भविष्यमा मन्त्री बन्ने सम्भावना रहेकाले यस क्षेत्रका मतदाताले यसपटक आफूलाई विजयी गराउने शर्माको विश्वास छ ।२०७४ सालको प्रतिनिधि सभा चुनावमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा माओवादी केन्द्रका सुरेन्द्र कार्की (राम कार्की)सँग पराजित भएका थिए ।
कांग्रेससँग तालमेल भए विश्वप्रकाशको क्षेत्रबाट कार्की विस्थापित हुने सम्भावना ज्यादा छ । विश्वप्रकाश र राम कार्कीमध्ये एकले झापाको कुनै अर्को क्षेत्र रोज्नुपर्नेछ । झापा १ का सडक ‘अफ्रिकन सुन्दरीका गाला जस्तै चिल्लो’ बनाउने चुनावी नारा बनाएका कार्कीले एमालेसँग गठबन्धन हुँदा शर्मालाई पराजित गरेका थिए ।
एमालेसँगको तालमेलका कारण कार्कीले ३६ हजार १ सय ७३ मत पाउँदा विश्वप्रकाशले ३३ हजार ३ सय १० मत पाएका थिए । कथंकदाचित विश्वप्रकाश शर्मा उठेनन् भने यो क्षेत्रबाट उषा गुरुङ उठ्ने सम्भावना छ । उनी यसअघि दुवै संविधान सभामा समानुपातिक सांसद थिइन् ।
चुनावमा उठे भने विश्वप्रकाशको भेट एमालेका रविन कोइरालासँग हुने सम्भावना छ । २०७० सालको चुनावमा कोइरालासँग शर्मा पराजित भएका थिए । कोइराला झापाको मेचीनगर नगरपालिकाका पूर्व मेयर पनि हुन् । देशभर कांग्रेसले राम्रो नतिजा ल्याएको समयमा विश्वप्रकाशको गृहनगरमा भने कांग्रेस पराजित बनेको छ ।
झापा क्षेत्र नम्बर १ मा पर्ने मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामध्ये गाउँपालिकामा मात्र कांग्रेस विजयी भएको छ । मेचीनगरमा कांग्रेसको अवस्था खस्किएको छ । यसअघि १५ मध्ये ७ वडा जितेको कांग्रेस अहिले ३ वटामा खुम्चिएको छ । विश्वप्रकाशको वडा रहेको ९ नम्बरमा कांग्रेसको पराजय भएको छ । बुद्धशान्तिमा पाएको राम्रो मत विश्वप्रकाशको आधार हो ।
वाककला भएका शर्मालाई चुनाव परिचालनको कमाण्डर बनाएर समानुपातिक सूचीको अग्रस्थानमा राख्ने निर्णय भएपनि आश्चर्य मान्नुपर्ने छैन । त्यसो हुँदा राम कार्कीले गठबन्धनको तर्फबाट टिकट पाउने सम्भावना रहन्छ ।
झापा २ मा एमालेभित्र रस्साकस्सी
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा झापा २ बाट एमालेकी पवित्रा निरौला खरेल कांग्रेसका उद्धव थापालाई पराजित गरेर विजयी भएकी थिइन् ।खरेलले ४५ हजार ८ सय १७ मत प्राप्त गर्दा कांग्रेसका उद्धव थापाले ३१ हजार ५० हजार मत प्राप्त गरेका थिए ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापति रहेकी खरेलले माधव नेपालको साथ छाडेर एमाले नै रोजेकी छिन् । तर अग्नि खरेलले समेत यही क्षेत्र रोजेका कारण एमालेले कसलाई उम्मेदवार बनाउँछ भन्ने एकिन छैन ।
नेकपा एमाले प्रदेश १ कमिटी इन्चार्ज समेत रहेका देवराज घिमिरे यही क्षेत्रबाट चुनाव लड्ने तरखरमा छन् । अध्यक्ष ओलीका विश्वासपात्र घिमिरेले टिकट फुत्काउने सम्भावना प्रबल रहेको जिल्लाका एक नेताले बताए । खरेल र घिमिरेका अतिरिक्त चि’न्तन पाठकले पनि यही क्षेत्रबाट चुनाव लड्न रुचि देखाएका छन् ।