२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

मेयर साह भन्नुहुन्छ – म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु ।

असार २५, काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो तलबबाट चर्चित ¥यापर स्वर्गीय यम बुद्धको शालिक बनाउने बताएका छन् ।

शनिबार सोसल मिडिया फेसबूकमार्फत् मेयर साहले आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताएका हुन् ।
त्यसोत, यम बुद्धको सालिक बनाउनका लागि महानगरले

१५ लाख रुपैयाँ बजेट छुट्याएको समाचार बाहिरिएको थियो । उक्त समाचारसँगै मेयर बालेनको तीब्र आलोचना हुन थालेको छ । यसैबीच मेयर बालेनले आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने स्पष्ट पारेका हुन् ।

मेयर बालेनले भनेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु । तपाईंहरूको दिन शुभ रहोस् ।’

२०७९ असार २५, शनिबार प्रकाशित 0 Minutes 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।