२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

५ बर्ष अघि साझा सवालमा देउवालाई प्रश्न गरेर चर्चा कमाएका युवाले देउवाकै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने घोषणा !

असार २३, काठमाडौं : करिव पाँच वर्ष अघि कार्यक्रम साझा सवालको ५०० औं भागमा अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवालाई कडा र आ’लोचनत्मक प्रश्न गरेर चर्चा कमाएका

सागर ढकालले प्रधानमन्त्री बन्ने आवेदनसहित शेरबहादुर देउवाकै निर्वाचन क्षेत्र डडेलधुराबाटै चुनाव ल’ड्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस् लेख्दै घोषणा गरेका हुन् ।

उनी गुल्मीमा जन्मिएका हुन्, उमेर ३० वर्षका भए । उनले इन्जिनियरिङ्ग पुल्चोक क्याम्पस र स्नातकोत्तर र स्नातकोत्तर अक्सफोर्ड विश्वविद्यालयबाट गरेका हुन् । उनले आफु डडेलधुराबाटै निर्वाचनमा उठ्ने र शेरबहादुर देउवालाई

ससम्मान पूर्ण रूपमा वृद्ध भत्ता सहित आराम दिने निर्णय गरेको गरेको बताएका छन् । आफु संसदमा जाने नै तर अन्य १६५ क्षेत्रमा आफु जस्तै युवाहरुले पनि आफ्नो प्रधानमन्त्री

बन्ने नेपाली जनतामाझ प्रस्तुत गरेको आवेदन स्वीकारेमा आफु विश्वकै कान्छो प्रधानमन्त्री मात्र नभएर विश्वका युवाहरुलाई नै एउटा आशा दिन सक्ने दाबी समेत गरेका छन् । निकै गाह्रो हुने तर सबैको साथ भएमा असंम्भव भने नभएको बताएका छन् ।

सागर ढकाल लेख्छन – मेरो प्रधानमन्त्रीको लागि आवेदन डडेलधुरा शेरबहादुरको क्षेत्रबाट उठ्ने आउने चुनावमा अलि फरक तरिकाले प्रस्तुत हुने योजना बनाएका छौ। मैले हालका प्रधानमन्त्री शेरबहादुरको डडेलधुराको क्षेत्रबाट चुनावमा उठी उहाँलाई ससम्मान पूर्ण रूपमा वृद्ध भत्ता सहित आराम दिने निर्णय गरेको छु।

। म संसद्मा त जान्छु नै तर १६५ क्षेत्रमा मजस्ता युवाहरूले पनि मरो प्रधानमन्त्री बन्ने नेपाली जनतामाझ प्रस्तुत गरेको आवेदन स्वीकारेमा म विश्वको नै कान्छो प्रधानमन्त्री भएर नेपाललाई मात्र होइन विश्वका युवाहरूलाई नै एउटा आशा दिन सक्छु। हाम्रो तर्फबाट नीतिगत तयारी सकिएको छ – बाकि १६५ क्षेत्रबाट

उठ्ने युवा उम्मेदवारहरूलाई सुम्पिन चाहन्छौ। निकै गाह्रो छ तर हजुरहरू सबैको साथ भएमा असंभव भने छैन। विस्तृत प्रधानमन्त्रीको आवेदन भिडियोमा। २५० बर्षे राजतन्त्र फालेर दलतन्त्र अब ६०-७० बर्षे द’लतन्त्र फालेर जनतन्त्र
अबको क्रा’न्ति बुलेटबाट होइन ब्यालेटबाट ! दैनिक न्युज नेपाल

२०७९ असार २३, बिहीबार प्रकाशित 1 Minute 231 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार