२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

वैदेशिक रोजगारका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख ठ’गी गर्ने पक्राउ !

असार २२, काठमाडौँ : न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख रुपैयाँ ठ’गी गरेको आरो-पमा प्रहरीले नुवाकोटकी २७ वर्षकी शोभा पौडेललाई प’क्राउ गरेको छ ।

नुवाकोटको विदुर नगरपालिका–७ घर भई बुढानीलकण्ठ नगरपालिका–३ घुम्तीमा बस्ने पौडेलले सिन्धुलीको दुधौली नगरपालिका–१ का नारायण बोगटीसहित ९ जनाबाट ६३

लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।
न्युजिल्याण्ड जान १२ लाख ५० हजार रुपैयाँ लाग्ने, त्यहाँ कृषि कम्पनीमा फलफूल टिप्ने काम लगाइदिने र मासिक तलब एक लाख ७० हजार रुपैयाँसम्म हुने भन्दै उनले ६३ लाख

रुपैयाँ रकम लिएको काठमाडौं उपत्यका अ-पराध अनु’सन्धान कार्यालयका सूचना अधिकारी एसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।

रकम लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले पौडेललाई प’क्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेको थियो । त्यसपछि प्रहरीले मंगलबार साँझ ५ बजे पौडेललाई कपनबाट प’क्राउ गरेको हो ।

२०७९ असार २२, बुधबार प्रकाशित 1 Minute 198 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।