
असार २१, काठमाडौ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले अर्थमन्त्री जनार्दन शर्माका कारण धरानको बजेट घटेको आ’रोप लगाएका छन् ।
संघिय सरकार र प्रदेश सरकारले धरानमा कम बजेट पठाएकाले बजेट घटेको बताएका हुन् । सामाजिक संजालमा स्टाटस लेख्दै साम्पाङले संघिय सरकारका अर्थमन्त्री
जनार्दन शर्मा र प्रदेशका अर्थमन्त्री इन्द्र आङ्बोले धरानमाथि विभेट गरेकाले बजेट घटेको बताएका हुन् । उनले यसरी बजेट थोरै पठाएर धरानलाई वि’भेट गरेको आरोपसमेत लगाएका छन् ।
हर्क साम्पाङले थोरै बजेट ल्यायो भन्नहरुले प्रदेशका अर्थमन्त्री इन्द्र आङ्बो र केन्द्र सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई किन धरानलाई हेपेको भनेर खोई सोधेको ।
उनले लेखेका छन्, आउँदो चुनावमा धरान देखिनेछ यो वि’भेदको फल । साम्पाङले एकपछि अर्को जनपक्षिय काम गर्न थालेपछि राजनीतिक दलहरुको ओठ तालु सुकेको छ । उनीहरुले साम्पाङको कसरी सामना गर्ने भनेर रणनीति समेत बनाउन सकेका छैनन् ।