
असार २०, काठमाडौं : अभिनेत्री करिश्मा मानन्धरले स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा रहेको बताएकी छन् । सोमबार सामाजिक सञ्जालमार्फत करिश्माले सडकमा सामान बेच्ने चलन अन्य देशमा पनि भएको भन्दै तिनीहरूको
व्यवस्थापन गर्नुपर्ने बताएकी हुन् । काठमाडौंको बालुवाटार सडकखण्डमा ठेलामा मकै पोलेर बेच्ने चेतेन्द्र आचार्यलाई महानगर प्रहरीले कु’ट-पि’ट गर्दै ठेला खो’सेर लगेपछि त्यसको चौ’तर्फी आलोचना भइरहेको छ ।
यही विषयलाई लिएर काठमाडौं महानगर प्रमुख बालेन्द्र साहको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । यो घट’नाले देश नै दुई ध्रुवमा बाँडिएको छ । यही विषयमा करिश्माले आफ्नो धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।
उनले लेखेकी छन्, म पनि काठमाडौ रैथाने बासी हुँ । नबुझेको कुरा लेख्दै छु । महानगर सफा हुनुपर्छ सही हो ।
हामीले आफ्ना करोडौं पर्ने जग्गा, घर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गर्यौँ सही हो ।
बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुँदैन त्यो पनि सही कुरो हो । गाउँ छाडेर हाम्रा सहरमा गरिखान किन आउँछन् मानिसहरु ? त्यसमा प्रश्न छ । करिश्माले ग्रामीण सामाजिक अवस्थाबारे पनि चर्चा गरेकी छन् ।
गाउँमा स्वास्थ छैन, शिक्षा छैन, बाटो छैन, सिँचाइ छैन । दैवी प्र’कोपमा परेकाहरुको लागि गाँसबास, कपास छैन । उनीहरुले समयमा क्षति’पूर्ति पाउँदैनन् । त्यो समयसम्म उनीहरुका केटाकेटीले नपढ्ने ? क्षणिक भावनामा बगेर मायाले दुई दिन केही रकम दिएर तिनको उद्दार हुँदैन ।
समस्याको दूरगामी समाधान कस्ले गर्ने ? ऊ आफैँले हो, ऊ आफैले गर्नुपर्ने अवस्था छ । त्यसैले उसले काम गर्नुपर्छ । यदि ऊ यो देशको नागरिक हो भने, मतदाता हो भने यो देशको समग्र भुमिमा टेक्ने अधिकार उसलाइ छ । ऊ अशिक्षित छ, गरिब छ, ला’चार छ भनेर जे पनि गर्न मिल्छ ।
जे पनि भन्न मिल्छ ? ऊ मान्छे हो कुरा बुझ्छ सम्झाएर भन । तपाईंहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाऊ र लागू गर भनेर मात्रै पठाएको होइन, उनले लेखेकी छन् ।
करिश्माले अहिले काठमाडौंमा देखिएको समस्या हरेक महानगरको समस्या हुने पनि बताएकी छन् ।
हरेक लागू गरेका नियमहरुको परिणाम र दुरगामी असर पनि बिचार गर्नु भनेर पठाएको हो । यो काठमाडौको मात्रै समस्या होइन, भविष्यमा हरेक महानगरको समस्या हुनेछ ।
स्ट्रीट फूड र सामान बेच्ने चलन हरेक मुलुकमा छ । मानिसहरुले पर्यटकहरुले यस्को आनन्द उठाइरहेको देख्न सक्छौ । व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र बिरोधतर्फ लाग्ने ? कि मकै पोलेर, चटपटे बनाएर तारे होटलमा बेच्ने ?’ उनले प्रश्न गरेकी छन् ।