२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

लिंदेनको अध्यक्ष पदनै धरापमा ! ज्ञानेन्द्र शाही र ज्वाला स्रगौलाका कारण !

असार १८, काठमाडौ : पूर्व पंचहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको पछिल्लो समय आन्तरिक किचलो बाहिर आउँन थालेको छ । कमल थापालाई सानदार रुपले हराएर राप्रपाको अध्यक्षमा उदाएका लिंदेन पछिल्लो समय दबा’वमा पर्दै गएका छन् ।

राप्रपाको आन्तरिक विवाद छरप-स्टै हुन थालेको छ । केहि दिन अघि मात्रै बाहिरिएको एउटा गोप्य म्यासेजले त भित्र भित्रै कस्तो सम्मको खिचडी पाकिरहेको रहेछ भन्ने सहजै अनुमान लगाउँन सकिन्छ ।

एक नेतृले अर्कैलाई भनेर पठाएको म्यासेज लिंदेनकी श्रीमतीको मोवाइलमा गए पछि राप्रपामा ठूलै भु’कम्प जान लागेको खबर बाहिरिएको छ । कमल थापालाई पछारेर अध्यक्ष बने पछि निकै ठूलो जोश र उत्साहका साथ काम गरिरहेका लिंदेनलाई राप्रपाको अध्यक्षबाटै हटाउँने सम्मको खेलमा ठूलै टिम हात धोएर लागेको बताइएको छ ।

लिंदेनका वि-रुद्ध पूर्व अध्यक्ष पशुपती शमशेर जबरा हातै धोएर लागेको बताइन्छ । अर्का पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनी पनि अब लिंदेनबाट काम हुँदैन भन्नेमा करिब करिब निष्कर्षमा पुगेको बताइन्छ ।

पशुपती शमशेर जसरी लोहनी उग्र रुपमा नलागे पनि लिंदेनले भाइरलेहरुको पछि लागेर राप्रपाको गरिमाालाई कायम राख्न नसकेको भन्नेमा पुगेको लोहनी नि’कट स्रोतले ओटिभी नेपाल डटकमलाई जानकारी दिएको छ ।

केहि दिन यता दुई जना विभागीय प्रमुखहरुलेनै साधारण सदस्य समेत नरहने गरि राप्रपाबाट राजिनामा दिएका छन् । सामाजिक विभाग प्रमुख ज्वाला संग्रौला र खेलकुद विभाग प्रमुख दमन बस्नेतले राजिनामा दिएका छन् । केहि घण्टाको अन्तरालमा दुई विभागिय प्रमुखले राजिनामा दिए पछि लिंदेन थप दबावमा परेका छन् ।

लिंदेनकी श्रीमतीको मोवाइलमा आएको म्यासेज लिंदेन आफैँले नदेखेको भए आज सम्म राप्रपामा अर्को ठूलो भूकम्प गइसक्ने कतिपयले अनुमान गरेका छन् । तत्कालका लागी लिंदेनले एक्सन लिएर सम्भावित ठूलो क्ष-तिलाई बचाए पनि फेरी कुनै पनि बेला अर्को पहिरो जान सक्ने अनुमान गरिएको छ ।

पशुपती शमशेर समूहले लिंदेन माथी भाइरलेहरुलाई धेरै भाउ दिएको र राप्रपालाई पार्टी जस्तो भन्दा पनि अभियान जस्तो बनाएको आरोप लगाएको छ । सामाजिक अभियान्ता भन्दै समाजिक संजालमा रहेका ज्ञानेन्द्र शाही देखी ज्वाला संग्रौला सम्मलाई नेता बनाएर ठूलो स्पेश दिए पछि राप्रपाका पुराना नेताहरु लिंदेनसँग फायर भएका छन् ।

पशुपती शमशेर राणाले ज्ञानेन्द्र शाही र ज्वाला संग्रौला दुवै जनालाई राप्रपामा प्रवेश नगराउँन लिंदेनलाई भनेको बताइएको छ तर लिंदेनले भने पार्टी प्रवेश मात्रै गराएनन् शाहीलाई प्रवक्तानै बनाए भने संग्रौलालाई सामाजिक विभाग प्रमुख बनाए । अहिले संग्रौला भने विभागीय प्रमुख मात्रै होइन साधारण सदस्य समेत नरहने गरी राप्रपाबाट बाहिरिएकी छिन् ।

रवि लामिछानेले पार्टी खोलेको केहि समय पछिनै सग्रौलाले राप्रपा छोडे पछि कतिपयले उनी रविकै पार्टीमा जान लागेको अनुमान पनि गरेका छन्। विभागीय प्रमुख भएको ६ महिना पनि नपुग्दै सग्रौला बाहिरिए पछि’ यहि कुरालार्ई मसला बनाएर राणा र लोहनीहरुले लिंदेनसँग हिसाब किताब गर्ने तयारी गरेको खबर छ ।

विशेष महाधिवेशननै माग गरेर लिंदेनलाई अध्यक्षबाट बिदा गर्ने सम्मको रोडम्याप बनाएर ठूलै समूह लिंदेन वि-रुद्ध परिचालित भएको बताइन्छ । ज्ञानेन्द्र शाही र ज्वाला स्रगौलाहरुलाई आवश्यकता भन्दा बढि महत्व दिएर नेता बनाएको परिणाम लिंदेनलाई महंगो पर्ने विश्लेषण सुरु भएको छ ।ओटिभी नेपाल

२०७९ असार १८, शनिबार प्रकाशित 1 Minute 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार