२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

रबि लामिछानेको पार्टी आयोगमा दर्ता भएपछि दाइ हरिशरण लामिछानेले भन्छन्, राम्रो कुरा !

असार १८, काठमाडौं : रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि दाइ हरिशरण लामिछानेले राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

भाइको पार्टी दर्ता भएपछि उनले भने, प्रक्रियागत रुपमा दर्ता भएको छ । यो राम्रो कुरा हो । यसबारे धेरै टिप्पणी नगरौँ । सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्रबार निर्वाचन आयोगमा दर्ता भएको हो । पार्टीको चुनाव चिन्ह घण्टीले पनि आधिकारिकता पाएको छ । अब राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको घण्टी रहनेछ ।

लामिछानेले यसअघि पार्टी घोषणा गरेको दिन दाइ हरिशरण लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा आजीवन संलग्न नहुने घोषणा गरेका थिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी गराएका थिए । लामिछानेले स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौं- ३ बाट संसदीय चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

२०७९ असार १८, शनिबार प्रकाशित 1 Minute 236 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार