२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

उजुरी दर्ता खारेर गरि रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

असार १७, काठमाडौं : निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । शुक्रबार लामिछानेलाई आयोगले दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

पार्टीको नामकाविरु’द्धमा परेका २ उ’जुरी आयोगले खारे’ज गर्दै मागेकै नाममा पार्टी दर्ता गरिदिएको हो । ऐनमा कतैपनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजु’रीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ ।

असार ८ मा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका मनोज पण्डित, राजकुमार बजगाइँ, पुष्कर शाहसहित ४ जनाले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न माग गर्दै आयोगमा उ’जुरी दिएका थिए ।

उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बुझाएको निवेदनमा भनिएको थियो, स्वतन्त्र शब्दको आफैंमा महत्व रहेको र दलीय भिडबाट फरक छुट्याउन

यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरूलाई अत्यन्त असहज परिस्थितिको निर्माण हुनेछ । साथै यसले जनतामा भ्रम र अन्यौल

उत्पन्न उत्पन्न गरी स्वतन्त्र शब्दको अर्थमै अपव्याख्या हुने अवस्था भएकोले उक्त दलको नामको विषयमा श्रीमानले गहन विश्लेषण गरी निर्णय लिनु हुन अनुरोध गर्दछौँ ।’

सोही स्वतन्त्र उम्मेदवारी अभियानका तर्फबाट डम्बर शाहले स्वतन्त्र प्रतिको बढ्दो आकर्षणलाई मुठ्ठीमा कब्जा गर्ने दूषित मनसाय राखेर पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेको भन्दै पार्टी दर्ता नगर्न माग गरेका थिए । रवि लामिछानेले असार ७ मा नयाँ पार्टी घोषणा गरेर दल दर्ताका लागि सोही दिन निवेदन दिएका थिए ।

२०७९ असार १७, शुक्रबार प्रकाशित 1 Minute 229 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।