२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

धरानका मेयर साम्पाङले गरे एक दिन यो देशको प्रधानमन्त्री बन्ने अठोट !

असार १७, धरान : स्वतन्त्र उमेदवार बनेर धरान उपमहानगरपालिकाको मेयरका भारी मतले निर्वाचित भएका हर्क साम्पाङले मेयर भएको छोटो समयमै एक पछि अर्को राम्रो काम गरेर धरानबासीको मन जितिरहेको छन् ।

साम्पाङको चर्चा धरानमा मात्रै होइन सिंगो देश भरिनै चलिरहेको छ । सिम्पल लिभिङ हाई थिंकिङको नमुनानै बनेर साम्पाङ उदाएका छन् । आफ्नो एकमात्रै उदेश्य धराने जनतको खुशि र समृद्धि भनेर काममा खटिएका साम्पाङले गरेको अर्को एउटा ठूलो प्रतिज्ञाले धरानमा मात्रै होइन सिंगो देशैभरी तरंग गएको छ ।

साम्पाङले घुमाउँरो भाषामा आफु एक दिन यो देशको प्रधानमन्त्री बन्ने अठोट गरेका छन् । आफ्नो सामाजिक संलालमा एक भावुक स्टाटस लेख्दै साम्पाङले घर परिवार छोडेर बिदेशिनु पर्ने नेपालीहरुको पीडाबारे बोलेका छन् । उनले एक दिन त्यो पीडा हटाउँने ठाउँ सम्म पुग्ने बताएका छन् ।

नेपालका लाखौँ लाख युवाहरु बैदेशिक रोजगारीका लागी विदेशमा पुगेको छन् । परिवारसँगको बिछोड नेपालमा रोजगारी नहुँदाको पीडा यती ठूलो समस्या एउटा मेयरले पुरा गर्न सक्नेछैन ।

यहि बुझेर हुन सक्छ साम्पाङले एक दिन त्यो समस्या समाधान गर्ने ठाउँ सम्म पुग्ने छु भनेका छन् । प्रधानमन्त्री बन्न भनेर ठ्याक्कै नभने पनि उनले यो समस्या सरकार बनाउँने ठाउँ सम्म नपुगी पुरा हुँदैन भन्ने बुझेर नै त्यस्तो भनेका छन् ।

आफ्नो समाजिक संजालमा साम्पाङले यस्तो लखेका छन् ‘बाबा नजानु …आउनुू भन्दै आफ्नो बच्चाबच्ची रुँदै लडिबडी गर्दा विदेशिन एयर्पोर्टमा लाइन लागेको नेपालीको मन कती रोएको होला ? म महशुस गर्न सक्छु !त्यो पिडामा मलम घस्ने ठाउँ सम्म पुग्नुछ मैले !’

उनको स्टाटसको मर्मबाट सहजै अनुमान लगाउँन सकिन्छ उनी लामो समयको यात्रा र दूरगामी राजनितीक भिजन लिएर आएका छन् । संघर्षमा मान्छे एक्लो हुँदो रहेछ सफलतामा मात्रै सबैले साथ दिने रहेछन् भनेर राम्रोसँग बुझेका साम्पाङको मनमा एक दिन यो देशको प्रधानमन्त्री बनेर जनताको सेवा गर्ने सपनाले टुसा हाल्दै गरेको छ ।

दुनिँयाले के भन्छ साम्पाङलाई कुनै चासो छैन उनलाई म के गरिरहेको छु त्यो मात्रै चासो छ । ठूलो फार्तीफूर्ती , ठूलो रवाफ होइन साना साना कुरा तर जनताको जीवनशैलीसँग प्रत्यक्ष सरोकार राख्ने बिषयहरुलाई उनले प्राथमिकताका साथ उठाइरहेका छन् ।

सदा जीवन र उच्च विचारको पर्यायनै बनेका छन् साम्पाङ । मेयर साब बनेर कुनै भिआइपी जसरी महंगो गाडी चढेर उनी हिँडेका छैनन् । साधारण जनताको जीवनशैली र हर्कको जीवनशैली उस्तै छ। जनता भन्दा फरक आफुलाई नदेखाउँन उनले सक्दो प्रयास गरेका छन् ।

साम्पाङ अहिले पनि आफ्नो निजी मोटरसाइकल चढेर हिड्ने गर्दछन् । केहि दिन अघि त उनले पेट्रोलको मूल्य अत्यधिक बढे पछि साइकल किन्नु पर्छ की के हो रु भनेर साइकलको मूल्य समेत सोधेका थिए । सडकको फोहर टिप्न जनतासँगै देखीने साम्पाङ श्रमदानका लागी जननासँगै बसेर गिटि फुटाइरहेका देखिन्छन् ।

लो प्रोफाइलमा बसेर उनले काम गरिरेहेका छन् । आफैँलै हम्मर हानेको , पसिना बगाउँदै काम गरेका,े जनताको घेरामा बसेको तस्बिरहरु समाजिक संजालमा प्रसस्त देख्न सकिन्छ । फोहोर मैला व्यवस्थापनका लागी देश विदेशका नेपालीहरुले पनि उनलाई प्रशस्त सहयोग गरिरहेका छन् ।

रोचक कुरा त आफ्ना गतिविधीहरुको तस्बिर उनी आफैँले सामाजिक संजलामा अपलोड गर्दछन् । महत्वपुर्ण बिषयहरु आफ्नो मत अभिमतहरु पनी उनी फेसबुकमा लेखिरहन्छन् । कतिपयले फेसबुकमा धेरै स्टााटस नलेख्न पनि उनलाई सुझाव दिन्छन् तर उनी निरन्तर लेखिरहन्छ । आफुलाई फेसबुकलेनै मेयर बनाएको साम्पाङले भन्ने गरेका छन् ।

स्थानिय सरकारलाई जनताको सबैभन्दा नजिकको सरकार भनिन्छ । जनतासँगै खाने , बस्ने र भिज्ने गरेर स्थानिय सरकार कस्तो हुनु पर्छ भन्ने नमुना पनि साम्पाङले देखाइरहेका छन् । एक्लै संघर्ष गरेर धराने जनताले मेयरको कुर्सिमा पुर्याइदिएका उनी कसले के आलोचना गर्छ मतलव नराखी आफ्नै काममा खटिएका छन् । ओटिभी नेपाल

२०७९ असार १७, शुक्रबार प्रकाशित 0 Minutes 248 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।