२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

धरानका मेयर साम्पाङले एक महिनामै धरानमा गरे यस्तो चमत्कार !

असार १७, धरान : हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा धरान उपमहानगरपालिकामा स्वतन्त्र उमेदवारी दिएर भारी मतले निर्वाचित भएका हर्क साम्पाङले मेयर निर्वाचित भएको छोटो

समयमै एक पछि अर्को गजबको काम गरेर धरानबासीको मन जितिरहेका छन् । दुनिँयाले के भन्छ साम्पाङलाई कुनै चासो छैन उनलाई म के गरिरहेको छु त्यो मात्रै चासो छ । ठूलो फार्तीफूर्ती, ठूलो रवाफ होइन साना साना कुरा तर

जनताको जीवनशैलीसँग प्रत्यक्ष सरोकार राख्ने बिषयहरुलाई उनले प्राथमिकताका साथ उठाइरहेका छन् । सदा जीवन र उच्च विचारको पर्यायनै बनेका छन् साम्पाङ । मेयर साब बनेर कुनै भिआइपी जसरी महंगो गाडी चढेर उनी हिँडेका छैनन् ।

साधारण जनताको जीवनशैली र हर्कको जीवनशैली उस्तै छ। जनता भन्दा फरक आफुलाई नदेखाउँन उनले सक्दो प्रयास गरेका छन् ।

साम्पाङ अहिले पनि आफ्नो निजी मोटरसाइकल चढेर हिड्ने गर्दछन् । केहि दिन अघि त उनले पेट्रोलको मूल्य अत्यधिक बढे पछि साइकल किन्नु पर्छ की के हो ? भनेर साइकलको मूल्य समेत सोधेका थिए ।

सडकको फोहर टिप्न जनतासँगै देखीने साम्पाङ श्रमदानका लागी जननासँगै बसेर गिटि फुटाइरहेका देखिन्छन् । लो प्रोफाइलमा बसेर उनले काम गरिरेहेका छन् । आफैँलै हम्मर हानेको , पसिना बगाउँदै काम गरेका,े जनताको घेरामा बसेको तस्बिरहरु समाजिक संजालमा प्रसस्त देख्न सकिन्छ ।

फोहोर मैला व्यवस्थापनका लागी देश विदेशका नेपालीहरुले पनि उनलाई प्रशस्त सहयोग गरिरहेका छन् । रोचक कुरा त आफ्ना गतिविधीहरुको तस्बिर उनी आफैँले सामाजिक संजलामा अपलोड गर्दछन् ।

महत्वपुर्ण बिषयहरु आफ्नो मत अभिमतहरु पनी उनी फेसबुकमा लेखिरहन्छन् । कतिपयले फेसबुकमा धेरै स्टााटस नलेख्न पनि उनलाई सुझाव दिन्छन् तर उनी निरन्तर लेखिरहन्छ । आफुलाई फेसबुकलेनै मेयर बनाएको साम्पाङले भन्ने गरेका छन् ।

स्थानिय सरकारलाई जनताको सबैभन्दा नजिकको सरकार भनिन्छ । जनतासँगै खाने, बस्ने र भिज्ने गरेर स्थानिय सरकार कस्तो हुनु पर्छ भन्ने नमुना पनि साम्पाङले देखाइरहेका छन् । एक्लै संघर्ष गरेर धराने जनताले मेयरको कुर्सिमा पुर्याइदिएका उनी कसले के आलोचना गर्छ मतलव नराखी आफ्नै काममा खटिएका छन् ।

साम्पाङले आफूलाई अहिलेसम्म त्यस्तो असहज केही पनि नभएको बताएका छन् । ‘मलाई त्यस्तो कुनै असहजता छैन, सबैले सहयोग गरिरहनु भएको छ,’ उनले भने, ‘जे जस्तो आइलाग्छ, त्यसलाई त्यस्तै तरिकाले मिलाउँदै जाने हो, म डराएको पनि छैन, मलाई अप्ठ्यारो लागेको पनि छैन ।

पुराना नीति, नियम, कानुन र प्रक्रियाका बाबजुद आफूलाई त्यस्तो अड्चन महसुस नभएको उनको भनाइ छ ।
उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघा पनि उपमहानगर प्रमुखसँग सहज ढंगले काम भइरहेको बताए ।

काम गर्न एकदम सहयोग भएको छ, कतिपय नमिलेका विषयहरू मिलाउने गरी मैले पनि प्रमुखज्यूलाई सहयोग गरेको छु, बेघा भन्छन्, उहाँ आफै धेरै सक्रिय र बुझ्ने भएका कारण मलाई पनि सहज भएको छ, उहाँको एजेण्डा र मेरो एजेण्डा जनताकै समस्या समाधान गर्ने भएकोले कुनै अप्ठ्यारो छैन ।

पहिलो कार्यपालिकको बैठकमा विवा’द भएपछि दोस्रो बैठक बस्न नसक्दा बेघाले नै सहजीकरण गरेका थिए । जसका कारण साम्पाङले प्राविधिक पक्षमा काम गरिरहँदा बेघाले राजनीतिक शक्ति सन्तुलनको भूमिका खेलिरहेका छन् ।

साम्पाङ भने कहिले खोला खोल्सा चहार्दै त कहिले खानेपानीको आयोजनाको चुहावट रोक्न तल्लीन देखिन्छन् । उनी खानेपानीको एजेण्डामा निरन्तर लागिरहेका छन् । दिनभरि जिमभित्र फलाम उचालेर बोसो घटाउने युवाहरूलाई पकुवा खोलामा प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर धरानवासीलाई पानी खुवाउन सहयोग गर्न आह्वान गर्दछु, साम्पाङले गत शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखे ।

सोही अनुसार कतिपय युवा शनिबार पकुवा खोलामा गएर खानेपानी धरान ल्याउने काममा खटिएका थिए । यो काम टेण्डर लगाएर ठेक्कामा गर्न थालेको भए यति समयमा काम पनि हुँदैन थियो र उपमहानगरपालिकाकाले कम्तीमा ५० लाख सकिने थियो, श्रमदानमा खटिएका एक युवाले भने ।

स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको प्रमुख पदमा विजयी बनेका हर्कराज साम्पाङको समय निकै व्यस्त छ । उनी प्रत्येक दिन नागरिक सचेतनाका काममा जुट्छन् । सरसफाइ, फोहोर व्यवस्थापन, पानीको स्रोत व्यवस्थापन, ट्राफिक सचेतनालगायतका काममा उनको व्यस्तता बढिरहेको छ । उनले लागू औषध प्रयोगको विरुद्धमा पनि सामाजिक सञ्जालमार्फत अभियान चलाइरहेका छन् ।

२०७९ असार १६, बिहीबार प्रकाशित 1 Minute 155 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार