२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्च अदालतद्वारा बाटो खुल्ला !

असार १६, काठमाडौं : सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन बाटो खुला नै राखेको छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे अन्तिम लिखित फैसला

सार्वजनिक गर्दै बुधबार सर्वोच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरालाई रोक नलगाएका हुन्।
इजलासका पाँचमध्ये तीन न्यायाधीशले निजगढ विमानस्थलको प्राविधिक, वातावरणीय र आर्थिक हिसाबले उपयुक्त

हुने गरी खोज्न भने पनि निजगढमै विमानस्थल बनाउन रोक भने नलगाएको पाइएको छ। अन्तिम लिखित फैसलामा पूर्ण इजलासका पाँच जना न्यायाधीशको राय बाझिएको थियो।

तीन न्यायाधीशले बहुमतको राय दिएका थिए दुई न्यायाधीशले धने निजगढको विकल्पका रुपमा निजगढलाई नै अघि ल्याएका थिए।

पूर्ण इजलासका पाँचमध्ये विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा र प्रकाशमान सिंह राउतले निजगढको विकल्प खोज्न सुझाएका थिए भने हरिकृष्ण कार्की र मनोजकुमार शर्माले अल्पमतमा राय दिएका थिए।

२०७९ असार १६, बिहीबार प्रकाशित 0 Minutes 235 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।