२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

मन्त्री चौधरी भन्छन् – घुस खाँदा मुलुक नबन्ने, नखाँदा पैसा नहुने !

असार १४, काठमाडौ : नव नियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरु घमण्डी भएकाले देश अघि बढ्न नसकेको दाबी गरेका छन्।

सोमबार पद तथा गोपनियताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्। उनले मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गरे।

मन्त्री चौधरीले सबैले आफ्नो ठाउँबाट सकेजति देश विकास गर्न सहयोग गर्नुपर्ने बताए। उनले नेताहरुले नीति बनाउँदा आफू सुरक्षित हुने किसिमबाट नीति निर्माण गरेको भन्दै इमान्दारिताको खाडल भर्न अब लाग्ने बेला भएको बताए।

उनले भने, मुलुक अघि जान नसक्नुको एउटा मात्रै कारण के हो भने हामी सबै धेरै घमण्डी भयौँ। मुलुक चलाउने मान्छे पनि घमण्डी भयौँ। कर्मचारीको बारेमा त के भनौँ र ?

तर हामीले आफ्नोतर्फबाट पनि जे गर्नुपर्ने हो त्यो गरिरहेका छैनौँ। आफ्नो बचावटको लागि हामी नेताहरु नै आफू बच्नको लागि सुरक्षित नीति नियम बनाउने। आफूलाई संरक्षण गर्ने किसिमका कानून बनाउन खोज्ने, मुलुकलाई इमान्दारीपूर्वक योगदान गरौँ।

कुनैपनि व्यक्तिले स्ट्रङ कमिटमेण्ट नगर्दासम्म मुलुक बन्दैन। हामीलाई अफ्ठ्यारो त छ नि, घु-स खान पाउँदा पैसा हुन्छ, अरु बद्मासी गर्दा अरु होला। यो तरिकाले त मुलुक बन्दैन रहेछ नि। देश बनाउनको लागि सबैले सामूहिक रुपमा प्रतिवद्धता जनाऔं।

मन्त्री चौधरीले देश बनाउनको लागि सुदृढ र सशक्त प्रतिवद्धता जनाउन आवश्यक रहेको भन्दै घुस खाने नभइ सामूहिक प्रतिवद्धता जनाएर काम गर्नुपर्ने बताए। उनले मन्त्रीहरुले घुस खाँदा पैसा धेरै कमाउने र मुलुक नबन्ने र घुस नखाँदा पैसा नहुने भएकोले अफ्ठ्यारो रहेको बताए।

२०७९ असार १४, मंगलवार प्रकाशित 1 Minute 232 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।