२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

है’जा फैलन थालेपछि काठमाडौ महानगर उत्रियो एक्सनमा !

असार १४, काठमाडौँ : काठमाडौँको कोर क्षेत्रमा हैजा देखिन थालेपछि काठमाडौँ महानगरपालिका रोग समाधानका लागि एक्सनमा उत्रिएको छ ।

आजबाट २४ घण्टा हटलाइन सेवा सुरु गरेसंगै महानगर रोग समाधानका लागि एक्सनमा उत्रिएको हो । काठमाडौँ महानगरपालिका (कामनपा) ले हैजा रोग समाधानका लागि चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ ।

जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होन् भनेर कामपाले आजदेखि २४ घण्टा हटलाइन सञ्चालन गरेको बताइएको छ । नागरिकलाई समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन र कामपाबाट प्राप्त हुने सुविधा लिन सकिनेछ ।

जनस्वास्थ्यको सवालमा कामपाले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउँदै कामपाका प्रमुख बालेन्द्र साहले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल गरेका छन् ।

हैजा खानेकुरा र पानीबाट सर्ने भएकाले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ। होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरिएको छ।

विद्यार्थीहरुलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत विद्यालयहरुमा जानकारीमूलक कार्यक्रम गर्ने कामपा स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले बताए।

हामीले सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुमा जीवन जल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेका छौँ, बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी

प्रबन्ध मिलाएको जानकारी दिँदै प्रमुख त्रिपाठीले भने।
महानगरले पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा १२ जनामा हैजा भएको पुष्टि गरेको छ ।

२०७९ असार १४, मंगलवार प्रकाशित 0 Minutes 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।