२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

काठमाडौमा मेयर साहले कल सेन्टर मार्फत आएका गुनासो सुनुवाइ गर्दा बालेनको लोकप्रियता बढ्यो ।

असार १३, काठमाडौं काठमाडौं महानगरपालिकाको कल सेन्टरमा २० दिनकै बीचमा ४ हजार ५ सय ३९ गुनासा आाएका छन् । २४ जेठबाट सुरु भएको कल सेन्टरमा

आएका गुनासामध्ये ४ हजार १ सय २८ गुनासा टिपोटयोग्य रहेको महानगरपालिकाले जनाएको छ । कल सेन्टर मार्फत आएका गुनासाहरुलाई सिरोपर गर्दै अघि बढ्ने बालेनको प्रतिबद्धताले उनको लोकप्रियता झनै बढ्दै गएको हो ।

अब मेयर बालेनले ४ हजार १ सय २८ टिपोटयोग्य गुनासालाइ आधार बनाएर थप उचाइमा पुग्न सक्ने पनि आकलन गर्न थालिएको छ। महानगरले कल सेन्टरलाई प्रभावकारी बनाउन कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ) का सम्पर्क अधिकारीलाई गुनासो सुनुवाईक

प्रगति ट्रयाकिङ र अद्यावधिक सम्बन्धी तालिम दिएको छ । विभाग र वडाबाट तोकिएका अधिकारीहरुलाई सभा गृहस्थित कम्प्युटर ल्यावमा ग्रिभान्सेस रिअड्रेसिङ मेकानिज्यम सफ्टवेयरमा आधारित तालिम दिएको हो ।

गुनासो सुन्ने कर्मचारीले अपनाउनु पर्ने सावधानी, उसमा हुनु पर्ने धैर्यता, गुनासोकर्ताले भनेका कुरा टिपोट गर्ने तथा सफ्टवेयर इन्ट्री गर्ने, गुनासो सम्बन्धित अधिकारीलाई पठाउने तरिका पनि सिकाइएको महानगरपालिकाले जनाएको छ ।

अहिलेको चरणमा सम्पर्क अधिकारीलाई गुनासो हेर्ने, सुन्ने, कामसँग सम्बन्धित अधिकारीसँग गुनासो पुर्‍याउने, गुनासो गरिएको अवस्थाको तस्विर र सुधार भएपछिको तस्वीर लिएर दाँज्ने तथा काम भएपछि समापन टिप्पणी (क्लोजिङ् स्टेटमेन्ट) विवरण लेख्ने तरिका सिकाइएको महानगरको सूचना प्रविधि विभागले जनाएको छ ।

तालिमका सहजकर्ता एवम् परामर्शदाता नवराज गुरुङकाअनुसार अधिकारीहरुसँग गुनासो वा सुझावकर्ताले कुरा गर्न पाएको बेला लाइभ सर्भरबाट र कुरा गर्न नपाएको बेला आवाज रेकर्ड गरेर कम्युनिकेसन सर्भरबाट गुनासो रेकर्ड गरिन्छ ।

यसअघि सेन्टरमा १५ जनाको गुनासो एकै पटक सुन्न सक्ने क्षमताको १६६००१०५५११ टोल फ्रि सञ्चालन गरेका थियौं । सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल भन्छन्, को-भिडको समयमा परामर्श र सेवाका लागि सञ्चालन गरिएको ११८० नम्बरको टोल फ्रि पनि कल सेन्टरबाटै सञ्चालन तयारी अन्तिम चरणमा पुर्‍याएका छौं ।

महानगरले कल सेन्टरलाई प्र’भावकारी बनाउन कल सेन्टर ९गुनासो व्यवस्थापन तथा सोधपुछ० का सम्पर्क अधिकारीलाई गुनासो सुनुवाईको प्रगति ट्रयाकिङ र अद्यावधिक सम्बन्धी तालिम दिएको छ ।

विभाग र वडाबाट तोकिएका अधिकारीहरुलाई सभा गृहस्थित कम्प्युटर ल्यावमा ग्रिभान्सेस रिअड्रेसिङ मेकानिज्यम सफ्टवेयरमा आधारित तालिम दिएको हो ।गुनासो सुन्ने कर्मचारीले अपनाउनु पर्ने सावधानी, उसमा हुनु पर्ने धैर्यता, गुनासोकर्ताले भनेका कुरा टिपोट गर्ने तथा सफ्टवेयर इन्ट्री गर्ने, गुनासो सम्बन्धित अधिकारीलाई पठाउने तरिका पनि सिकाइएको महानगरपालिकाले जनाएको छ ।

अहिलेको चरणमा सम्पर्क अधिकारीलाई गुनासो हेर्ने, सुन्ने, कामसँग सम्बन्धित अधिकारीसँग गुनासो पुर्‍याउने, गुनासो गरिएको अवस्थाको तस्विर र सुधार भएपछिको तस्वीर लिएर दाँज्ने तथा काम भएपछि समापन टिप्पणी ९क्लोजिङ् स्टेटमेन्ट० विवरण लेख्ने तरिका सिकाइएको महानगरको सूचना प्रविधि विभागले जनाएको छ ।

तालिमका सहजकर्ता एवम् परामर्शदाता नवराज गुरुङकाअनुसार अधिकारीहरुसँग गुनासो वा सुझावकर्ताले कुरा गर्न पाएको बेला लाइभ सर्भरबाट र कुरा गर्न नपाएको बेला आवाज रेकर्ड गरेर कम्युनिकेसन सर्भरबाट गुनासो रेकर्ड गरिन्छ ।

यसअघि सेन्टरमा १५ जनाको गुनासो एकै पटक सुन्न सक्ने क्षमताको १६६००१०५५११ टोल फ्रि सञ्चालन गरेका थियौं । सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल भन्छन्,’ को-भिडको समयमा परामर्श र सेवाका लागि सञ्चालन गरिएको ११८० नम्बरको टोल फ्रि पनि कल सेन्टरबाटै सञ्चालन तयारी अन्तिम चरणमा पु-र्याएका छौं ।मोटिभेटेट न्युज

२०७९ असार १३, सोमबार प्रकाशित 1 Minute 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।