२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

स्माइल एयरले काठमाडौं–बैंकक नियमित उडान गर्ने, कहिले देखि ?

असार १३, काठमाडौ : थाइल्याण्डको थाई स्माइल एयरवेजले काठमाडौं-बैंकक नियमित उडान सुरू गर्ने भएको छ।
थाई स्माइलले नेपालमा पहिलो पटक आगामी शुक्रबार

(जुलाइ १) बाट नियमित उडान सुरू गर्न लागेको हो। यससँगै दुई वर्षपछि नेपाल-थाइल्याण्डमा सिधा उडान हुने भएको छ।
नागरिक उड्डयन प्राधिकरणले एयरवेजलाई साताको सातै दिन

उडान अनुमति दिएको जनाएको छ। सबै प्रक्रिया पूरा गरेको थाई स्माइलले आउँदो शुक्रबारबाट हप्ताको सातै दिन अनुमति पाएको हो, प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले भने।
नेपालका लागि थाई स्माइलको आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभल हो।

यो गन्तव्य उडानका लागि माग राम्रो रहेकाले यही शुक्रबारबाट काठमाडौं-बैंकक तयारीका साथ उडान सुरू गर्न लागेको सोसाइटीले जनाएको छ।

थाई स्माइल थाई एयरवेजकै भगिनी कम्पनी हो। थाई स्माइलले सन् २०१२ जुलाईबाट व्यावसायिक उडान सुरू गरेको थियो। थाई स्माइलले थाइल्याण्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ।

२०७९ असार १३, सोमबार प्रकाशित 1 Minute 164 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।