२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

मन्त्री मेटमणी चौधरी डेरामा बस्छन् ! गाडी पार्किङ गर्ने र सुरक्षाकर्मी राख्ने ठाउँ समेत छैन !

असार १३, काठमाडौ : आजै मात्रै शहरी विकासमन्त्रीको सपथ ग्रहण गरेर पदभार समेत ग्रहण गरि काम थालेका शहरी विकासमन्त्री मेटमणी चौधरीलाई मन्त्री भएकै कारण एउटा

फसाद आइलागेको छ । रामकुमारी झाँक्रिलाई रिप्लेस गरेर शहरी विकास मन्त्री भएका मेटमणी चौधरीको दिनभरी त रमझम रमाइलोमै बित्यो बेलुकी भए पछि उनी नराम्रो झमेलामा परेका छन्।

शहरी विकासमन्त्री भए पनि काठमाडाँै शहरमा चौधरीको घर छैन डेरामा बस्दै आएका उनी मन्त्रीको गाडी पार्किङ गर्ने ठाउँ समेत नपाउँदा पिरोलिएका छन् । काठमाडौँको शंखमुलमा सामान्य डेरा लिएर बसेका चौधरीलाई मन्त्री भए पछि

प्राप्त भएको सरकारी गाडी राख्ने ठाउँको अभाव भएको छ भने मन्त्री भए पछि प्राप्त हुने सुरक्षाकर्मी लगायतको टिमलाई ा व्यवस्थापन गरेर राख्न पनि उनलाई अप्ठेरो भएको छ ।

यस अघि मोटरसाइकल प्रयोग गर्दै आएका चौधरी काठमाडौँमा दुखजिलो गरेर बस्दै आएका थिए मन्त्री भएकै दिन धेरै मन्त्रीहरुको काठमाडौँको आफ्नै घरमा उत्सव चलिरहेका बेला चौधरी भने गाडी पार्किङ गर्ने ठाउँ र सुरक्षाकर्मीलाई राख्ने ठाउँ समेत नभए पछि पिरोलिएका छन् ।

आइतवार एकीकृत समाजवादीले फिर्ता बोलाएका केही मन्त्रीहरुले पुल्चोकस्थित सरकारी निवास नछाडिदिँदा चौधरी अफ्ठ्यारोमा परेका हुन्।सोमबारै झन्डावाल सरकारी गाडी प्रयोग गरिसकेका उनले त्यही गाडी राख्ने पनि ठाउँ नपाएका हुन्।

यहाँ मेरो डेरामा पार्किङ गर्ने ठाउँ नै छैन, उता सरकारी निवास अझै एक साता खाली नहुने खबर आयोु, उनले भने, ‘अब जसोजसो पर्छ, त्यसै त्यसै सामना गर्दै जान्छु।

मन्त्री चढ्ने सरकारी गाडी सुरक्षा दृष्टिले पनि जहाँतहीँ राख्न मिल्दैन। त्यसैले उनको सरकारी गाडी सिंहदरबारस्थित मन्त्रालय परिसर या पुल्चोकको सरकारी निवासमै लानुपर्ने बाध्यता छ।उनले अहिलेलाई आफू शंखमुलस्थित डेरामा उत्रिएर सरकारी गाडी पुल्चोक पठाउने बताएका छन्।

उहाँ शंखमुलको सामान्य डेरामा बस्नु हुन्छ। जहाँ एउटा गाडी पार्किङ र सुरक्षाकर्मी राख्ने ठाउँ छैनु, चौधरीका एकजना सहयोगीले भने, ुहटिसकेका मन्त्रीमध्ये एकजनाले क्वार्टर अझै एक साता नछाड्ने खबर आयो। यसले सुरक्षाकर्मीको ड्युटीदेखि सरकारी गाडी राख्न पनि समस्या भएको छ।

स्रोतका अनुसार चौधरी सोमबारै पुल्चोक जाने तयारीमा थिए। तर फिर्ता भइसकेका एकजना निवर्तमान मन्त्रीले अझै एक साता सरकारी निवास नछाड्ने बताएका छन्।

रोचक संयोग कस्तो छ भने मेटमणी चौधरी शंखमुलको जहाँनिर डेरा गरी बसेका छन् निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको त्यहि नजिक ५ तले घर रहेको छ । रामकुमारीको घरमा पार्किङ गर्ने गाडी र सुरक्षा दिने सुरक्षाकर्मी छैनन् मेटमणीको डेरामा गाडी पार्किङ गर्ने ठाउँ र सुरक्षाकर्मी राख्ने ठाउँ छैन ।

२०७९ असार १३, सोमबार प्रकाशित 0 Minutes 251 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।