२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

धरानमा मेयर साम्पङले जिम जाने युवाहरूलाई ल्याए यस्तो योजना !

असार १३, काठमाडौँ : जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् ।

प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर धरानवासीलाई पानी खुवाउन योजनालाई सहयोग गर्न ती युवालाई आह्वान गरेका हुन् । स्थानीय पकुवा खोलामा प्राकृतिक वातावरणमा शारीरिक

श्रम गरेर नगरवासीलाई पानी खुवाउन सहयोग गर्न आह्वान गरेका हुन्। जिम गयो भने पैसा तिर्न पर्छ, यहाँ श्रम गर्दा त उल्टो पैसा आउँछ । प्रकृतिसँग रमाउँदै पसिना निकाल्दा ज्यान पनि लाग्छ ।’ भन्दै साम्पाङ युवाहरुलाई आह्वान गरेका हुन् ।

दिनभरि जिमभित्र फलाम उचालेर बोसो घटाउने युवालाई पकुवा खोलामा प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर धरानलाई पानी खुवाउन सहयोग गर्न आह्वान गर्दछु ।

उपमहानगर प्रमुख साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। उनले स्थानीय तह निर्वाचनमा धरानवासीलाई पानी खुवाउने एजेन्डा अघि सारेका थिए। धरान–२० मा पर्ने पकुवा खोलाबाट पानी ल्याउन साम्पाङ आफैँ श्रमदान गर्दै आएका छन्।

२०७९ असार १३, सोमबार प्रकाशित 0 Minutes 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार