
असार १३, काठमाडौँ : कुवेतबाट नेपाल आएको जजिरा एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बेला रनवेमा मान्छे हिँडिरहेकाे देखेपछि
पाइलटले विमान पुनः आकाशतिरै उडाउन बाध्य भए।
आइतबार बिहान करिब ३ः२० मा कुवेतबाट १०७ यात्रु लिएर नेपाल आएको जजिरा एयरलाइन्सको जे ९५४१ विमान अवतरणका क्रममा विमान स्थलमा मान्छे हिँडिरहेको
देखेपछि पाइलटले तत्काल पुनः आकाशतिर फर्काएर विमान दु-र्घ’टना हुनबाट बचाएका हुन्। रनवेमा मानिस हिँडडुल गर्न नपाइने भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवस्थापन पक्षमा भएको लापर्वाहीका कारण १०७ सात यात्रु बोकेको
विमान ठूलो दु-र्घ’टना नजिक पुगेको थियो। विमानले करिब २० मिनेट काठमाडौँको आकाशमै फन्को लगायएर दु-र्घट’ना हुनबाट बचेको थियो। विमानस्थल स्रोतले भने सरसफाईका क्रममा कर्मचारी त्यहाँ गएको बताएको छ।
त्रिभुवन विमानस्थलमा यसअघि पनि यस्ता किसिमका घ’टना भइरहेको भएपनि यसबारे सम्बन्धित पक्ष सचेत नभएको भन्दै चौतर्फी वि’रोध भइरहेको छ।
विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक प्रेमनाथ ठाकुर भने यो सामान्य प्रकृतिकै घ-टना भएको बताएका छन्। उनले भने, यो सामान्य प्रकृतिकै घट-ना हो। आगामी दिनमा यस्तो नहोस् भन्नको लागि बैठक राखेर कर्मचारीलाई सचेत गराउँछौँ।’