२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

मन्त्री श्रेष्ठ भन्नुहुन्छ – को’रोनाले बिथोलेको वैदेशिक रोजगारी पुरानै लयमा फर्कियो ।

असार १२, काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले को’रोना भा-इरस महामा’रीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा

फर्केको बताएका छन्। आइतबार राष्ट्रिय सभामा विनियोजन विधेयक २०७९ को श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटबारे सांसदले गरेका प्रश्नको जवाफ दिने

क्रममा मन्त्री श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारी पुरानै लयमा फर्किसकेको उल्लेख गरे। वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या पछिल्लो ४ वर्ष निरन्तर घटेकोमा यो वर्ष २०७४ सालअघिको अवस्थामा पुगिसकेको मन्त्री श्रेष्ठले बताए।

वैदेशिक रोजगारीमा श्रमिक पठाउने मुलुकमध्ये महामा-रीपछि पुरानै लयमा फर्केको देशमध्ये नेपाल अग्रस्थानमा रहेको उनको भनाइ छ।

ठुलो संख्यामा विप्रेषणमा आश्रित परिवार रहेको र मुलुकको वैदेशिक मुद्रा आर्जनको प्रमुख श्रोत वैदेशिक रोजगारी भएका कारण अव मुलुकको विप्रेषण आप्रवाहमा वृद्धि हुने उनको अपेक्षा छ।

आफ्नो कार्यकालमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा प्रवाहलाई लाइनबाट–अनलाइनतर्फ रूपान्तरण गरिएको जानकारी दिँदै उनले ठ-गी नियन्त्रणलाई पनि प्राथमिकता दिइएको बताए।
मन्त्री श्रेष्ठले सातै प्रदेशमा सीप विकास तालिम प्रतिष्ठान तथा श्रमिक अस्पताल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए।

२०७९ असार १२, आईतवार प्रकाशित 1 Minute 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।