२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

अब्दुस मियाँ भन्छन् – रवि लामिछानेसँग भि’डन तयार छु ।

असार ११, काठमाडौं : संघीय निर्वाचनमा काठमाडौंको क्षेत्र न.६ बाट अब्दुस मियाँले उम्मेदवारी घोषणा गरेका छन् ।
स्थानिय तहको चुनाव देखि स्वतन्त्र उम्मेदवारहरुको लहर

काठमाडौंमा मात्र नभएर नेपाल भरीनै बढदै गएको छ ।
यो भन्दा पहिला विवेकशील साझा पार्टीमा सक्रिय भएर लागे पनि अहिले पार्टीनै विघटन भइसकेको भन्दै उनले स्वतन्त्र

उम्मेदवारी दिने घोषणा गरेका हुन । विवेकशील साझा पार्टीको खासै टिपप्णी नगर्ने तर आफुहरुले वैकल्पिक पार्टी निर्माण गर्न नसकेको उनले बताएका छन् । विवेकशील साझा पार्टीबाटै आफुलाई उम्मेदवारी दिने इच्छा भएको र पार्टीनै नभएपछि स्वतन्त्र उम्मेदवार दिन बाध्य’ता भएको बताएका छन् ।

रवि लामिछानेको पार्टीको नाम मात्र स्वतन्त्र भएको र नयाँ पार्टीमा विभिन्न पार्टीबाट छोडेर आएको मान्छेहरुको पार्टी बन्ने अहिले राजनीति गर्छु भनेर नयाँ सुरु गर्नेहरुले अझै कस्तो किसिमको पार्टी बन्छ भनेर हेर्न बाकी भएको उनले बताए ।

रवि लामिछाने र रवीन्द्र मिश्र केहीमा कम नभएको उस्तै भएको आफुहरुले गरेको कमजोरीबाट सिक्नु पर्ने आफुहरुले समर्थन गर्ने रवि लामिछानेसँग दुई दिन अगाडी कुरा भएको र सबै साथीहरुसँग निरन्तर के कसरी सँगै जाने भन्ने बारेमा कुरा भएको बताएका छन् ।

रवि लामिछानेको काठमाडौं क्षेत्र ६ बाटै उम्मेदवारी घोषण भए पनि आफनो उम्मेदवारी फिर्ता नहुने उनले बताएका छन् ।
उनले भने, म २५ वर्ष नेपालको राजनीतिमा योगदान गर्न आएको हँ, त्यसो भएको हुनाले यो २५ वर्ष सकिएको छैन्, आज पार्टी दु-र्घट’नामा परेका कारणले गर्दा खेरी स्वतन्त्र उम्मेदवारी दिनु पर्ने बाध्यता छ ।

भोली स्वतन्त्र उम्मेदवारहरु जति जित छन्, यि प्रयास गर्छन, हाम्रा थुप्रै हजारौ साथीहरु छन्, हामी मिलेर भोली दल निर्माण गर्ने सम्भावना पनि रहन्छ, होईन यस्तो सम्भावना बोकेको कुनै दल अगाडी बढिरहेको छ है भन्ने

किसिमको स्थिति देखियो भने त्यही दलमा सहयोग गरेर त्यही दलमा समर्थन गरेर त्यसरी अगाडी बढन पनि सकिन्छ । दल बिना राजनीति गर्न नसक्ने दल चाहिने रवीन्द्र मिश्रले भोलीको दिनमा दलमा जोडिएर राजनीतिमा फर्किए भने आफु खुसी हुने उनले बताएका छन् ।

विवेकशील साझा पार्टी विघटन भइसक्यो

उनले भने, अहिलेको परिस्थितिमा विवेकशील साझा पार्टी विघट्न भइसक्यो भन्ने मेरो निष्कर्ष हो । आज भन्दा ५ वर्ष अगाडी रवीन्द्र मिश्रको नेतृत्वमा एउटा वैकल्पिक शक्ति स्थापना हुन्छ भनेर राजनीति यात्रा सुरु गरेको बताएका छन् ।

पाचँ वर्षमा विवेकशील साझा पार्टीको प्रमुख संस्थापकहरु अधिकांश संस्थापकहरुले पार्टी परित्याग गरेको स्थितिमा अध्यक्ष स्वयमले अब यो अगाडी बढ्न सक्दैन भनेर पार्टीबाट राजीनामा दिएको उनले बताएका छन् ।

आफुहरुले पार्टी बनाउने एउटा पहिलो प्रक्रिया पुरा हुन नसक्दै यो दु-र्घ’टना हुन पुगेर पार्टी नै नभएपछि बाध्य भएर त्यो पार्टीको सदस्य हो भनेर भन्न सक्ने स्थिति नभएको उनको भनाई छ ।

राजनीतिरुपले त्यो पार्टी नभएको र आफु अहिले विवेकशील साझाको सदस्य पनि नरहेको विवकेशील साझा पार्टी विघट्न भएपछि नेपालमा वैकल्पिक शक्तिको आवश्यकता बढेर गएको र सकिएर गएको पार्टी प्रति खासै टिपप्णी नगर्ने बताएका छन् ।

२०७९ असार ११, शनिबार प्रकाशित 1 Minute 481 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।