
असार ८, काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताए ।
बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा
दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगने समेत बताएका छन् । ‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिन ।
बरु सरकारले एक बर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक बर्ष जेल जान तयार छु’ उनले भने । सरकारले बागमती र गण्डकी प्रदेशमा नयाँ दर्ता हुने र नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य हनु पर्ने भनेको छ ।
तर इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर रहेको, इम्बोस्ड नम्बर प्लेट बनाउने कम्पनीसँग आर्थिक लेनदेनमा जबर्जस्ती जडान गराउन खोजेको भन्दै विरोध भएको छ ।
उक्त विषयमा छलफल गर्नको लागि समितिले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई बोलाएको थियो । तर उनी विना जानकारी अनुपस्थित भएको समिति सभापति निरादेवी जैरुले बताएकी छिन् ।
सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा राखेर संविधान मिच्यो नेकपा एमालेका सांसद भिम रावलले सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा राखेर संविधान मिचेको बताएका छन ।
आज राज्य निर्देशक सिद्धान्त, निति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिमा बोल्दै इम्बोस्ड नम्बर प्लेटमा सरकारले संविधान मिचेको बताएका हुन ।
उनले संविधानमा उल्लेख बमोजिम नेपालको भाषा नेपाली (देवनगरी) मा हुनु पर्ने व्यवस्था छ । तर सरकारले इम्बोस्ड नम्बर प्लेटमा कानून मिचेको रावलको भनाइ छ ।
यो ठेक्कामा अर्बौ रकमको घोटाला भएको हुन सक्ने आसन्का गर्दै रावलले भने ‘चोलेन्द्रले इम्बोस्ड नम्बरमा चलखेल गरेर अर्बौ रकम कुम्ल्याएको भनेर अक जना अधिवक्ताले सार्वजनिक मंचमै बोल्नु भएको छ ।’
यसैगरी रावलले इम्बोस्स नम्बर छपाइको जिम्मेवारी बिदेशी कम्पनीलाई दिनुमा समेत शंका प्रकट गरे । रावलले भने ‘इम्बोस्ड नम्बर छाप्दा बाहिरिने अर्बौ रकम नेपालमा बस्थ्यो । तर त्यो सबै रकम बाहिर जाने भयो ।’ यसमा ठेकेदारको घुसपैठ क्षमता बारे जानकी हुने रावलको भनाई छ ।दैनिक न्युज नेपाल