२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

आकर्षक पोखरेलले काठमाडौँ ४ मा उमेदवारी घोषणा, गगन थापाको प्रेसर बढ्यो !

असार ८, काठमाडौ : नेपाली काग्रेसका महामन्त्री गगन थापाले जित्दै आएको काठमाडौँ क्षेत्र नम्बर ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले स्वतन्त्र उमेदवारी घोषणा गरेका छन् ।

स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारहरुले राम्रो नतिजा हात पार्न सफल भए पछि प्रतिनिधीसभाको निर्वाचनमा उमेदवारी घोषणा गर्ने लहर चलेको छ । काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका बालेन पनि इन्जीनियर थिए भने आकर्षण पनि इन्जीनियर हुन् ।

राजनितीमा नयाँ पुस्ता आउँँनु पर्छ भन्ने गरेका काग्रेस महामन्त्री गगन थापाले केहि दिन अघि मात्रै एक टेलिभिजन अन्तर्वातामा बालेनको उदयले आफुहरुलाई प्रेसर फिल भइरहेको बताएका थिए । बालेनसँग धेरै कुरा मेल खाने युवा इन्जीनियरले उनको क्षेत्रमा उमेदवारी घोषणा गरे पछि यसले पनि गगनको प्रेसर बढाएको हुनपर्छ ।

काठमाडौँ ४ बाट उमेदवारी घोषणा गरेका आकर्षणको समर्थनमा सेलिब्रटीहरु पनि देखिएका छन् । नायक आर्यन सिग्देलले पोखरेलको उमेदवारी घोषणा सभामानै पुगेर ऐक्यबद्धता जनाएका छन् ।

युवा पुस्ता राजनितीमा आउँनु पर्छ भन्दै आकर्षणलाई आफ्नो समर्थन रहेको सिग्देलले भनेका छन् । क्षेत्र नम्बर ४ अन्तर्गत कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जित्दै आएका छन् । पोखरेलले आफ्नो तीनचरणको घरदैलोमध्ये पहिलो घरदैलो कार्यक्रम आजैबाट शुरु भएको बताए ।उनले पहिलो घरदैलोमा समस्या के हो भने घरघरमा गएर बुझ्ने बताए ।

ती समस्याहरुको बारेमा आफ्नो विज्ञ समूहले अध्ययन गरेर दोस्रो चरणमा समाधानका उपाय ल्याउँने र तेस्रो चरणमा मत माग्न घरघरमा आउँने उनले बताए ।आफूसँग विकासको एजेण्डा रहेको भन्दै पाँच बुँदे सूत्र सुनाए । पोखरेलले आफू कसैलाई गाली गरेर नेता बन्न नचाहेको तर विकास गर्न सक्ने योजना रहेको बताए ।

विकास गर्नका लागि भनेर हुने र गरेर हुने दुई प्रकारका एजेण्डा रहेको भन्दै उनले बालेन शाहले भनेकै भरमा सार्वजनिक शौचालय उपलब्ध भएको बताए । उनले पर्खनु विकल्प हुँदै होइन भन्ने नारालाई अघि सारेका छन् ।

पोखरेलको स्वतन्त्र उम्मेदवारी घोषणामा उपस्थित भएका अभिनेता आर्यन सिग्दलले परिवर्तनका लागि युवालाई अघि सार्नुपर्ने भएकाले इन्जिनियर पोखरेललाई आफ्नो समर्थन रहेको बताए ।

आफूले योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक गरी पाँच वटा कुरालाई आधार मानेर चुनावमा होमिएकाले आफूले राजनीतिमा जित्ने उनको विश्वास छ ।

मैले पाँचवटा कुरालाई आफ्नो आधार मानेर अगाडि बढ्ने प्रण गरेको छु,’ उनले भने, ‘मैले मात्र होइन जुनसुकै उम्मेदवारले पनि योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक, यी पाँच चिजको प्रयोग गर्ने हो भने आज जति पनि समस्या तपाईंहामीले भोगिरहेका छौं, यी समस्या भोग्न पर्दैन ।’

२०७९ असार ८, बुधबार प्रकाशित 0 Minutes 237 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।