२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

अध्यक्ष लिङ्देन भन्नुहुन्छ – संघीयताले मुलुकमा आर्थिक संकट ल्यायो, ७ ओटै प्रदेश खारेज गरौँ ।

असार ८, काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संघीयताले मुलुक आर्थिक संकटमा परेको बताएका छन्।

राप्रपा बुटवल उपमहानगर समितिको आयोजनामा बिहीबार भएको सभालाई सम्बोधन गर्दै उनले सामान्य आँखाले हेरेभन्दा देशको अवस्था फरक र ईतिहासकै अफ्ठ्यारो अवस्थामा परेको दाबी गरे।

२५ वर्षदेखि नेपाली जनतालाई लोकतन्त्र, गणतन्त्र अनेकतन्त्रको नाममा झु’क्या’एर संघीयता पक्षधरले देश खाएका छन्,’ उनले भने। देशको सम्पूर्ण राजनीतिक प्रणाली काम नलाग्ने भएको बताउँदै उनले राजनीतिमा भ्र’ष्ट प्रवृत्ति म’हा’रोग भएको बताए।

५ वर्षका लागि म्यान्डेट पाएको सरकार बीचमा परिवर्तन हुने तथा विभिन्नि समयमा भएका सत्ताको खेलले अहिलेको सं’घीय तथा राजनीतिक प्रणाली काम नलाग्ने प्रमाणित भएको लिङ्देनको भनाइ छ।

मुलुकका संवैधानिक अंगहरुबीच नियन्त्रण र सन्तुलन गु’मेको छ। मुलुक ठूलो दु’र्घ’टनातर्फ बढिरहेको छ।.न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाभित्रका गतिविधि तथा आपसी समन्वय र सन्तुलन प्र’ति’कूल देखिएको छ

उनले भने, देश कुनै पनि बेला श्रीलंका बन्न सक्ने ख’तरामा छ। नेता लिङ्देनले आफ्नो च’क्रब्युह भित्र कै’द गर्ने केही सीमित राजनैतिक नेताहरुलाई मु’क्त गर्न एउटा योजना र संकल्पसहित आफूहरु आएको उनले बताए।

देश असफल राष्ट्र हुनबाट बचाउन र युवा उद्यमशीलता बढाउन आफूहरु केन्द्रित रहेको उनले बताए। कृषिप्रधान देशमा किसानलाई आवश्यक मल, बिउ नै उपलब्ध हुँदैन।

उपलब्ध भएपछि उब्जनी भएसँगै त्यसको बजार पाउन नसक्ने अवस्था रहँदैन ।छोराहरु अरबियनको नो’कर बनाउन पठाउनुपर्ने बा’ध्यता छ, उनले भने, राप्रपा यो अवस्था हटाउने अभियानमा छ।

राजसंस्था र हि’न्दू राष्ट्रको पक्षमा निरन्तर संघ’र्ष गर्दै आएका लिङ्देनले यसअघिदेखि नै संघीयता नेपालजस्तो सानो मुलुकका लागि ज्यादै खर्चिलो र अ’ना’वश्यक भएकाले ७ ओटै प्रदेशहरु खारेज गर्नुपर्ने आवाज उठाउँदै आएका छन्।

२०७९ असार ८, बुधबार प्रकाशित 0 Minutes 275 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।