२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

भैरहवा अन्तर्राष्ट्रिय बिमानस्थल बाट विज एयरले उडान थाल्ने ! कहिले बाट ?

काठमाडौ : आउँदो सेप्टेम्बरबाट विज एयरले पनि भैरहवा विमानस्थल भएर अन्तरराष्ट्रिय उडान विस्तार गर्ने भएको छ।
हंगेरी बेस रहेको अल्ट्रा लो कस्ट यस वायुसेवाले

भैरहवाबाट युएईको अबुधाबी उडान गर्ने तयारी गरेको बताइएको छ। विजलाई पनि नेपालमा सोसाइटीले नै जीएसएका रुपमा भित्र्याउन लागेको हो। विजले एयरबसको ३२१ निओ सिरीजको जहाज संचालनमा ल्याउने योजना बनाएको बुझिएको छ।

विजको एक सय ९० सिट क्षमताको यो जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको हो। यो जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाजमध्ये हो।
कम खर्चिलो संचालन लागत हुने दाबी गरिएकाले यसलाई अल्ट्रा लो कस्ट जहाज समेत भनेर चिनिएको छ।

त्यसैकारण यो जहाजमा विजनेश क्लास समावेश गरिएको हुँदैन। नेपालका लागि यो जहाज नयाँ किसीमको हुनेछ।
‘विज एयरको मिडिल इस्टमा एसिया हब अबुधाबीमा छ।

हामीले एयर बस ३२१ नियो सिरिजको जहाजमार्फत उडान सेवा दिनेछौं। हाम्रो देशको आधारभूत विकल्प भनेको पर्यटन नै हो। धार्मिक पर्यटन प्रवर्द्धनलक्षित सेवा विस्तारमा लाग्ने हाम्रो सोच छ,’ सिंहले भने।

२०७९ असार ६, सोमबार प्रकाशित 0 Minutes 612 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।