२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

मेयर साहले “जनतासँग मेयर” कार्यक्रम चलाउने !

असार ५, काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आगामी आर्थिक वर्षदेखि जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

आइतबार महानगरको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर साहले महानगरको समग्र जनसरोकारका विषय, चासोको तथा

खोजीका विषयमा प्रत्यक्ष रुपमा संवाद गर्ने बताएका हुन् । यस्तो कार्यक्रम हरेक महिनाको पहिलो आइतबार सञ्चालन गरिने समेत मेयर साहले नगरसभामार्फत जानकारी दिए ।

थप समाचार, काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मेयर बालेन्द्र साहले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् ।

नीति तथा कार्यक्रममा काठमाडौं महानगरमा एमपी थिएटरहरु निर्माण गर्ने योजना अघि सारिएको छ । उपमेयर सुनिता डंगोलले आफ्नो चुनावी अभियानका क्रममा एमपी थिएटर बनाउने कुरा गरेकी थिइन् । उनको उक्त भाषण भाइरल नै भएको थियो ।

मेयरका प्रत्याशी बालेन्द्र साहको विषयमा टिप्पणी गर्दै डंगोलले आफूले चुनाव जितेपछि काठमाडौंमा एमपी थिएटर बनाएर बालेनलाई गाउन निम्त्याउने बताएकी थिइन् ।

बालेनका समर्थकहरुले उक्त भाषणलाई लिएर सुनितालाई ट्रोलसमेत गरेका थिए । तर, मेयर बालेनले आफ्नो नीति तथा कार्यक्रममा एमपी थिएटरलाई स्थान दिएका हुन् ।

२०७९ असार ५, आईतवार प्रकाशित 0 Minutes 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।