२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

मेयर भनेको हर्क साम्पङ जस्तो हुनुपर्छ, श्रमदान गर्दै मेयर हर्क साम्पाङ !

मेयर भनेको हर्क साम्पङ जस्तो हुनुपर्छ, श्रमदान गर्दै मेयर हर्क साम्पाङ !

असार ५, काठमाडौं : धरान उपमहानगर प्रमुख हर्कराज राईले प्रायःश्रमदानमा रमाएको पाइन्छ । शनिवार पनि उनी खानेपानीको लागि धरानकै पकुवा खोलामा श्रमदानमा व्यस्त भए।

खानेपानीको मुद्दा उठाएर उपमहानगर प्रमुखमा निर्वाचित भएपछि उनी खानेपानी संरचनाको मर्मत, वितरण र नयाँ स्रोत खोजीमा केन्द्रित भएका छन् ।

धरानको मुख्य समस्या खानेपानी हो। यो विषय हरेक चुनावमा एजेन्डा बने पनि पानी वितरणको समस्या हालसम्म समाधान हुन सकेको छैन ।

उपमहानगर प्रमुख राईको चुनावको मुख्य एजेन्डा खानेपानी नै थियो। सोही अनुरुप प्रमुख पदमा निर्वाचित भएपछि उनी पानीको जोहो गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेका छन् ।

२०७९ असार ५, आईतवार प्रकाशित 0 Minutes 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।