२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

दुबईका राजकुमारले दिए दुर्गा प्रसाईलाई सुनको लौरो उपहार !

असार ५, काठमाडौं : बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिइएको छ ।
तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका

राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका प्रसाईंलाई शनिबार सुनको लौरो उपहार प्रदान गरेका हुन्। श्री एयरलाइन्सको विमानमार्फत चन्द्रगढी विमानस्थलमा ओर्लिएका दुबईका राजकुमार मोक्तुमलाई

दुर्गा प्रसाईंले स्वागत गरेका थिए। स्वागतकै क्रममा राजकुमार मोक्तुमले विमानस्थलमै प्रसाईंलाई सुनको लौरो उपहार दिएका थिए । दुर्गा प्रसाईको निमन्त्रणामा राजकुमार मोक्तुम नेपाल आएको बताइएको छ ।

भने राजकुमार मोक्तुम झापामा दुई दिन भ्रमण गर्ने कार्यतालिका रहेको छ । राजकुमार मोक्तुमले झापासँगै काठमाडौं र पोखराको भ्रमण गर्ने कार्यतालिका रहेको पनि बताइएको छ।

२०७९ असार ५, आईतवार प्रकाशित 0 Minutes 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।