
दुबईका राजकुमार नेपालमा, काठमाडौं ओर्लनेवित्तैकै उडे झापातर्फ !
काठमाडौं : दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आइपुगेका छन् । उनी ३ दिने नेपाल भ्रमणका लागि शनिवार आइपुगेका हुन् ।
नेपाल भ्रमणकै क्रममा उनले विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने जनाइएको छ । उनी शनिबार नै झापा पुगेको पनि जनाइएको छ ।
झापा विर्तामोडस्थित विएण्डसी अस्पताल परिसरमै खुलेको क्यान्सर अस्पताल यसअघिबाटै संचालनमा आइसकेको छ ।
अस्तपाल मेडिकल व्यवसायी दुर्गा प्रसाईँले संचालनमा ल्याएका हुन् ।
उक्त क्या’न्सर अस्पतालको सुभारम्भ भएसँगै नेपालको पूर्वी क्षेत्रका क्या’न्सरका बिरामीहरु काठमाडौं, चितवन तथा भारतको विभिन्न अस्पताल जानुपर्ने बाध्य’ताबाट मुक्त भएका छन् ।