
असार ५, काठमाडौं : चालू आर्थिक वर्षको ११ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ५ लाख ५५ हजार पुगेको छ।
यो सङ्ख्या आर्थिक वर्ष २०७४\०७५ पछिको सबैभन्दा बढी हो। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा भने तेब्बर बढी हो । गत वर्षको ११ महिनामा १ लाख ४६
हजार युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रम स्वीकृति लिएका थिए । को-भिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको सुधारका कारण को’रोना सङ्क्र-मणका बीच समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या
उल्लेख्य वृद्धि भएको हो । गत वर्षको यही अवधिको तुलनामा चालू आवको चैतसम्म लगभग तेब्बर भन्दा बढीले वृद्धि भएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ।
गत वर्षको चैतसम्म १ लाख ४६ हजार ४० रहेकोमा चालू आवमा ५ लाख ५५ हजार ५७३ युवाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका कम्प्युटर इन्जिनियर अर्जुन यादवले जानकारी दिए।
आजको कारोबार दैनिकमा समाचार छ ।