
असार ४, काठमाडौ : रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रेमकुमार पाण्डे बुधबार साउदी अरबबाट स्वदेश फर्किए । विदेशबाट काठमाडौं हुादै घर पुग्दा उनी सधैं एक्लै हुने
गरेकोमा यो पटक परिवारका सदस्य उनलाई लिन विमानस्थलमै लिन पुग्ो । साढे तीन वर्षपछि घर नजिकैको विमानस्थलमा स्वागत गर्न पाउादा आफन्त निकै खुसी देखिन्थे ।
आफ्ना आत्मीयजनलाई लिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका आफन्तको सामिप्यका दृश्य निकै भावुक देखिन्थ्यो । सधैं काठमाडौं बिमानस्थल प्रयोग गरेका यी यात्रुको नयाा विमानस्थलको यात्रा अनुभव कस्तो रह्यो त ?
गौतमबुद्ध विमानस्थलमा अहिले कुवेतबाट जजिरा एयरले साताको सोमबार, बुधबार र शनिबार गरी तीन उडान भर्दै आएको छ । सहज हुने भन्दै अधिकांश खाडी मुलुकका यात्रुले कुवेत ट्रान्जिट गरेर भैरहवा आउन थालेका छन् ।
जेठ २ गतेदेखि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट व्यवसाहिक उडान भएको हो । अहिलेसम्म १४ वटा उडान भएका छन् । यो विमानस्थल हुादै अहिलेसम्म
१ हजार २ सय ४७ जना आएका छन् भने १ हजार ७ सय ९८ जना बाहिरिएका छन् । यात्रु बढ्दै गएपछि जजिरा एयरले उडान थप्ने तयारी गरेको छ भने अरु एयरलाइन्सले पनि चााडै उडान सुरु गर्ने तयारी गरेका छन् ।
विमान कम्पनीलाई आकर्षित गर्न विमानस्थलले एक वर्षका लागि अवतरण, सञ्चार, सुरक्षालगायतमा पूर्ण छुट दिएको छ । जसले गर्दा उडान शुल्क सस्तो छ ।
शुल्क कम पर्ने भएकाले भारतको उत्तर प्रदेश सम्मका नागरिकले विदेशबाट फर्किदा गौतमबुद्ध विमानस्थल प्रयोग गर्न थालेका छन् । यसले नेपालको पर्यटन क्षेत्रलाई पनि सहयोग पुगेको छ । यो खबर कान्तिपुरमा छ ।