२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

कतार एयरले महामा’रीकै बीचमा कमायो अहिलेसम्मकै नाफा !

काठमाडौ : को-रोना महामा’रीकै बीचमा कतार एअरवेजले अहिलेसम्मकै धेरै नाफा कमाएको छ । आज बिहीवार सार्वजनिक भएको विवरणअनुसार कतार एअरवेजले

आर्थिक वर्ष २०२१/२२ मा एक अर्ब चार करोड अमेरिकी डलर नाफा कमाएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा दुई सय प्रतिशतले धेरै हो ।

कतार एअरवेजले आफ्नो २५ वर्षे इतिहासमा यति धेरै नाफा कहिले पनि गरेको थिएन । कतार एअरवेज समूहका प्रमुख कार्यकारी अकबर अल बकरले यो नाफा सन् २०२१/२२ मा संसारका कुनै पनि एअरलाइन्सको भन्दा उत्कृष्ट रहेको बताउनुभएको छ ।

को-रोना महामा’रीको समयमा पनि कतार एअरवेजले धेरैजसो चार्टर्ड र कार्गो सेवालाई निरन्तरता दिएको थियो । कम्पनीले उडान गर्ने हरेक अवसरलाई अधिकतम बनाउँदै लैजाने र

नयाँ–नयाँ गन्तव्यको खोजी भइरहेको पनि जनाएको छ ।
कतार एअरवेजले संसारभरका सबै महत्त्वपूर्णहित एक सय ४० भन्दा धेरै गन्तव्यमा उडान गर्दै आएको छ । कम्पनीसँग अहिले दूई सय ५० वटाभन्दा धेरै जहाज रहेका छन् ।

२०७९ असार ३, शुक्रबार प्रकाशित 1 Minute 189 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।