२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

घरबाट स्कूल जान्छु भनेर हिँडेकी नम्रता ४८ घण्टादेखि बेपत्ता !

असार ३, काठमाडौं : बूढानीलकण्ठ नगरपालिका–८ बंगालबाट स्कूल हिँडेकी एक किशोरी बेपत्ता भएकी छन् । धुम्बाराहीस्थित दूर्गा भवनी हाइयर सेकन्डरी स्कूलमा

कक्षा १० मा अध्ययनरत नम्रता तामाङ बुधबार विहानदेखि बेपत्ता भएकी हुन् । नाताले भिनाजु पर्ने सन्देश श्रेष्ठका अनुसार बूढानीलकण्ठ नगरपालिका–८ बंगाल स्थायी घर भएकी १६ वर्षीया नम्रता स्कूल जान्छु भनेर बुधबार विहान ९

बजेतिर घरबाट निस्किएकी थिइन् । तर, नम्रता स्कूलबाट घर नै नफर्किएको अहिले ४८ घण्टा भइसकेको सन्देशले जानकारी गराए । न्यूज २४ सँग बोल्दै सन्देशले भने, ‘बुधबार विहान स्कूल जान्छु भनेर घरबाट हिँडेकी नम्रता ४८ घण्टा भइसक्यो अहिलेसम्म घर आएकी छैनन् ।

स्कूललाई सम्पर्क गर्दा नम्रता स्कूल नै नगएको जानकारी गराएको छ । नम्रताका फोन पनि स्वीच अफ रहेको र सामाजिक सञ्जालमा समेत एक्टिभ नभएको सन्देशले बताए ।

तर, नम्रताले आफ्नो साथीहरुसँगको ग्रुप म्यासेजमा भने धरान जान्छु भन्ने कुरा गरेको उनको भनाइ छ । नम्रता बेपत्ता भएकीबारे आज (विहीबार) विहान मात्रै महाराजगञ्जस्थित

प्रहरीलाई जानकारी गराएको पनि सन्देशले जानकारी गराए । नम्रतालाई देख्नुहुने जो कसैले पनि नजिकैको प्रहरी र ९८६३६५२६०९ मा सिधा सम्पर्क गर्नका लागि सन्देशले आग्रह गरेका छन् ।

२०७९ असार ३, शुक्रबार प्रकाशित 0 Minutes 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।