२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

मेयर साह र उप मेयर सुनिता मानवसेवा आश्रममा पुगेर गरे यस्तो घोषणा !

जेठ ३१, काठमाडौ : बाग्मती प्रदेश सरकारले प्रदेशभरीबाट स्थानिय तहमा निर्वाचित भएका प्रमुख र उपप्रमुखहरुका लागी गरेको अभिमुखिकरण कार्यक्रममा भाग दिन बाग्मती प्रदेशको

राजधानी हेटौँडामा पुगेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले फेरी सिँगो देशबासीको मन जितेका छन् । हेटौँडा पुगेका बेला मेयर शाह र उपमेयर डंगोलले एक साथ हेटौडा स्थित मानवसेवा आश्रमको अवलोकन भ्रमण गरेका छन् ।

मानव सेवाका लागी क्रियाशिल मानवसेवा आश्रममा काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरको भ्रमण पछि संस्थाका संचालकहरु खुशि देखिएका छन् । बालेन र सुनिताको भ्रमणबारे मानवसेवा आश्रमले आफ्नो आधिकारीक फेसबुक पेज मार्फ तस्बिर सार्वजनिक गर्दै कुराकानीको विवरण पनि बताएको छ ।

आश्रमले दिएको जानकारी अुनसार त्यहाँ रहँदा मेयर र उपमेयर दुवैले आश्रमले गरिरहेको काम बारे जानकारी लिएका थिए ।
मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले संस्थाले हालसम्म देशभरमा गरिरहेको

कार्य, काठमाडौँ महानगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माणका लागि गरिएका प्रयासहरू र आगामी योजनाहरूमा बारेमा बालेन र सुनितालाई विस्तृत जानकारी गराएका थिए ।

भ्रमण पछि मेयर शाह र उपमेयर डंगोल दुवै जनाले मानव सेवाको क्षेत्रमा मानव सेवा आश्रमले गरिरहेको कामको मुक्त कण्ठले प्रशंसा गर्दैै पहिले पनि काठमाडाँै महानगरपालिकासँग सहकार्य भएको र फेरी पनि सहकार्य जारी रहेने प्रतिवद्धता व्यक्त गरेका थिए ।

स्वतन्त्र उमेदवारी दिएर काठमाडौँ महानगरपालिकाको मेयरमा भारी मतले बिजयी भएका बालेन शाह र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट उपमेयर उमेदवार बनी देशैभरीबाट सर्वाधिक मत ल्याएर बिजयी भएकी सुनिता डंगोलको सुरुवाती काम गराइको रुझानले सिंगो देशैभरीबाट प्रशंसा चलिरहेको छ । ओटिभि नेपाल

२०७९ जेष्ठ ३१, मंगलवार प्रकाशित 0 Minutes 258 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।