२०७९ असार १५ बुधबार
  • काठमाडौँ

लुक्ला विमानस्थलमा नौ दिनदेखि जहाजले उडान भर्न सकेन, डेढ सय पर्यटक अलपत्र !

जेठ ३०, सोलुखुम्बु : मौसम प्रतिकूलताका कारण सोलुखुम्बुको लुक्लामा करिब डेढ सय पर्यटक अलपत्र परेका छन् ।

मौसमका कारण नौ दिनदेखि तेन्जिङ हिलारी विमानस्थल लुक्लामा जहाजले उडान भर्न नसक्दा काठमाण्डौ फर्किने झण्डै १ सय ५० जना पर्यटक अलपत्र परेका नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयका प्रमुख द्वारीका अछामीका अनुसार निरन्तर मौसम प्रतिकूल हुँदा गएकाे आइतवारदेखि जहाजले उडान भर्न सकेको छैन । निरन्तर रुपमा मौसम प्रतिकूल हुँदा सबै उडान तालिकाहरु रद्द भइरहेका प्राधिकरणले जनाएको छ ।

विदेशी पर्यटकहरु सल्लेरीमा

मौसम प्रतिकूलताका कारण लुक्लामा जहाजले उडान भर्न नसकेपछि विदेशी पर्यटकहरु सदरमुकाम सल्लेरीमा देखिन थालेका छन् ।

तेन्जिङ हिलारी विमानस्थलको सबै उडानहरु रद्द हुन थालेपछि केही पर्यटकहरु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाण्डाै जान थालेका हुन् । केहीदिनयता सल्लेरीबाट गाडी मार्फत काठमाण्डौ जाने विदेशी यात्रुहरु बढेको यातयात व्यवसायीहरुले बताएका छन् । उज्यालो अन्लाईन

२०७९ जेष्ठ ३०, सोमबार प्रकाशित 0 Minutes 128 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार