२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

बालेनलाई भ्याइनभ्याई, हेटौडा अस्पताल अवलोकन !

जेठ ३०, काठमाडौं : काठमाडौँ महानगरपालिकाका मेयर र उपमेय हेटौडा पुगेका छन् । वागमती प्रदेश सरकारले स्थानीय चुनावमा निर्वाचित जनप्रतिनिधिका लागि राखेको अभिमुखीकरण

कार्यक्रममा सहभागी हुन नगरप्रमुख बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल हेटौडा पुगेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहजीकरणमा वागमती

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हेटौंडामा
नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

आज र भोलि चल्ने कार्यक्रममा प्रदेशभरका महानगर, नगर, गाउँपालिकाका जनप्रतिनिधि सहभागी छन् । बालेन र सुनिता उक्त कार्यक्रममा आकर्षणको केन्द्र बनेका छन् ।

युवा उमेरमै संघीय राजधानी एवं देशकै ठूलो स्थानीय तहको नेतृत्वमा पुगेका उनीहरू कार्यक्रममा ‘सेलिब्रेटी’ जत्तिकै बनेका छन् । दुईजनाले अनौपचारिक छलफलमा स्थानीय विकास र पालिका सञ्चालनसम्बन्धी अनुभव र आइडिया आदानप्रदान समेत गरेका छन् ।

२०७९ जेष्ठ ३०, सोमबार प्रकाशित 0 Minutes 209 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।