२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

मलेसिया अध्यागमनले प्रतिबन्ध लगाएको छ कि छैन, थाहा पाउने तरिका ?

जुन १३, क्वालालम्पुर : मलेसियामा सुरुमा आफू आएको काम वा रोजगारदाता कम्पनी छोडेर हिँडेमा,भागेमा अवै-धानिक भइन्छ। यसरी अवैधानिक हुँदा मलेसिया अध्यागमनको कालोसूचीमा पर्न सकिन्छ।

एकचोटि प्रति-बन्धमा परिसकेको मान्छे फेरी मलेसिया जानै नपाउने अवस्था पनि आउन सक्छ। त्यसैले एक पटक मलेसिया गएर फेरी फर्किन चाहने व्यक्तिले आफू अध्यागमनको प्रतिबन्धमा परे/नपरेको जाँच गरेर मात्र जानु राम्रो हुन्छ। कसरी जाँच्ने त ?

मलेसियाबाट फर्किसकेको भएमा-

१. मलेसिया बाहिर भएका विदेशी कामदारले कालो-सूचीमा परे/नपरेको जाँच गर्ने कुनै अनलाइन माध्यम छैन।
२. पासपोर्टमा प्रतिबन्ध लागेको छ छैन भनेर मलेसियन अध्यागमन मार्फत नै जाँच्नुपर्ने हुन्छ

३. मलेसियाबाट फर्किसकेको भए नेपाल स्थित मलेसियन राजदूतावासमा जानुपर्छ।
४. त्यहाँ पुगेर आफ्नो अध्यागमन स्थिति बारेमा सोधपुछ गर्न सक्नुहुन्छ।

५. यसका लागि तपाईँ आफै उपस्थित हुनुपर्छ।
साथै पासपोर्ट वा मलेसियामा काम गर्दा भएको आइडी चाहिन्छ
६. मलेसियाको गोपनीयताको कानुन एकदम कडा हुने कारणले गर्दा विवरण आउन केही समय लाग्छ।

मलेसियामा साथीभाइ भएमा

तपाईँको कोही साथी मलेसियामा कार्यरत छन् भने उनलाई आफ्नो पासपोर्ट नम्बर वा आइडी नम्बर पठाएर पनि चेक गर्न लगाउन सक्नुहुन्छ। यसो गर्दा मलेसियाको अध्यागमन विभागमा नै जानुपर्छ।

के कस्तो प्रतिबन्ध लाग्न सक्छ?

निश्चित समयको लागि प्रतिबन्ध लाग्दा पासपोर्टमा प्रतिबन्ध लाग्ने अवधिको स्ट्याम्प सहित डिपोर्ट गरिन्छ।
जस्तै Overstay गरेर कानुनी प्रक्रिया पुरा गरेर फर्किदा ३-५ वर्षको प्रतिबन्ध लाग्न सक्छ।

सामान्य कारणले प्रति-बन्धमा पर्दा निश्चित अवधिको लागि प्रतिबन्ध लाग्छ।
स्थायी रूपमा प्रति-बन्ध लागेको हो भने प्रतिबन्ध लागेको स्ट्याम्प मात्र पासपोर्टमा लाग्छ अवधि तोकिएको हुँदैन।
यदि कुनै अप-राधमा संलग्न भएर कालो-सूचीमा परेको हो भने स्थायी रूपमा प्रतिबन्ध लाग्छ।

लागेको प्रतिबन्ध हटाउन मिल्छ?

एक पटक प्रतिबन्ध लागेपछि हटाउन निक्कै गाह्रो हुछ। प्राय: जसो अवस्थामा हट्दैन। कति दलालहरूले पैसा लिएर प्रतिबन्ध हटाउने भनेर ठग्न सक्छन्। यस्तोमा भ्रममा परेर ठगीमा नपर्नु होला।

स्रोत: इन्टरनेटमा भएका विभिन्न सामग्री (shuvayatra)

२०७९ जेष्ठ ३०, सोमबार प्रकाशित 1 Minute 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।