२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

नेपाल एयरलाइन्स लाई उछिन्यो कतार एयरले !

जेठ २६, काठमाडौं : को-भिड नियन्त्रणमा आएसँगै नेपाल भएर हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमको उडानमा यात्रु संख्यामा उल्लेख्य सुधार आएको छ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यलयका अनुसार, एक महिनाको अवधिमै करिब सात लाखजनाले नेपालबाट आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सेवा लिएका छन्को।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आँकडाअनुसार अप्रिलको एक महिनामै दुई लाख ९६ हजार यात्रुले अन्तरराष्ट्रिय उडान सेवा लिएका छन्। अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीहरुको अप्रिलको करिब दुई हजार वटा उडानमार्फत झन्डै तीन लाख यात्रुले सेवा लिएका हुन्।

नेपालमा विभिन्न गन्तव्य मुलुकसँग हवाई सम्पर्क बनाएर दुईतर्फी उडान गर्दै आएका अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरुमध्ये अप्रिलमा सबैभन्दा धेरै यात्रुलाई सेवा दिने कतार एयरवेज बनेको छ।

यसले यो एक महिनामा मात्र २ सय ४० उडानमार्फत ६० हजार यात्रुलाई उडाउँदै धेरै यात्रुलाई सेवा दिनेमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स दुवैलाई उछिनेको छ।

अप्रिलमा नेवानिले ३ सय ४१ उडानमार्फत ५५ हजार ७ सय ५० जनालाई अन्तरराष्ट्रिय उडान सेवा दिएको छ। यस्तै, हिमालयले ३ सय १२ उडानबाट ३५ हजार ३ सय ५९ यात्रुलाई सेवा दिएको विमानस्थल कार्यालयको तथ्यांक छ। यसअघि नेपाल वायुसेवा र हिमालय दुवै नेपालबाट अन्तरराष्ट‍्रिय उडानमा सर्वाधिक यात्रुलाई सेवा दिनेमा अग्रणी दुई कम्पनी दिए।

आन्तरिकतर्फ एक महिनामै चार लाखभन्दा बढी यात्रु
विमानस्थलको तथ्यांक अनुसार अप्रिलको एक महिनामै नेपालमा विभिन्न गन्तव्यमा आन्तरिक उडान भर्ने यात्रु पनि चार लाख नाघे।

अप्रिलमा कुल चार लाख ११ हजार यात्रुले आन्तरिक उडान सेवा लिएका हुन्। यो संख्या प्लेन (फिक्स्ड विङ) र हेलिकोप्टर (रोटर विङ्स) दुवैको मिलाएर हो। दुवै किसिमका आन्तरिक वायुसेवाहरुले अप्रिलमा कुल साढे १० हजार उडानबाट ४ लाख ११ यात्रुलाई सेवा दिएका हुन्।

२०७९ जेष्ठ २६, बिहीबार प्रकाशित 1 Minute 418 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।