
जेठ २६, काठमाडौ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले अब उप्रान्त हरेक कुरा पारदर्शी बनाउने बताएका छन् । जनताको सुूचनाको हकलाई सम्मान गर्दै हरेक कुरा लाइभ(प्रत्यक्ष प्रशारण) हुने र जनताले चाहेको सार्वजनिक
सूचना सबैले सहजै प्राप्त गर्ने बताएका हुन् । मेयर साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुक पेजमा पोष्ट गर्दै यस्तो भनेका हुन् । ‘हरेक कुरा लाइभ हुनेछ आइन्दा जनताले मागेका जुनसुकै सार्वजनिक सूचना दिइनेछ । कसैले लुकाउन चाहे मलाई भन्नू ।’भन्दै उनले पोष्ट गरेका छन् ।
थप समाचार, बंगलादेशका राजदूत सालाउदिन नोमन चौधरीले नेपाल–बंगलादेशबीच निकट भविष्यमा २० वटा वस्तुहरुमा व्यापार सम्झौता गरिने बताएका छन् । विहीबार नेपाल बंगलादेश च्याम्बर अफ टे«डर्सले मेची भन्सार कार्यालयको सभाहलमा आयोजना गरेको कार्यक्रममा राजदुत चौधरीले यस्तो कुरा बताएका हुन् ।
२–३ महिनाभित्र २० वटा वस्तुहरु बंगलादेश निर्यात गर्न सहज हुने गरी हस्ताक्षर गरिने उनले बताए । २० वटा वस्तुहरु के के हुन् त्यसबारेमा भने राजदूत चौधरीले खुलाएनन् । व्यापार र पर्यटन प्रवर्धनका विषयमा गहन भएर छलफल गरिने बताइएको छ ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेतीले नेपाल, भारत र बंगलादेशबीच व्यापार र पर्यटन प्रबर्धनका लागि सहकार्य गरेर अघि बढिने बताएका छन् ।
मेचीनगर नगरपालिका र बंगलादेशबीच भगेनी सम्बन्ध कायम गर्न स्थानीय सरकारको तर्फबाट नगरप्रमुख र उपप्रमुखले राजदूत चौधरीलाई आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाल बंगलादेश फ्रेण्डसिप सोसाईटीका अध्यक्ष डा.खालिद हुसेन, मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओली, मेची उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन
निरौला, व्यवसायी बन्दना मेचे लगायतको उपस्थिती रहेको थियो । नेपाल बंगलादेश च्याम्बर अफ टे«डर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन टेडर्सका अध्यक्ष योगेश राजबंशीले गरेका थिए ।