२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

मेयर साम्पाङका समर्थकले दिए धर्ना, खोला उत्खनन रोक्न माग !

जेठ २६, धरान : धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङले आफ्नो ५ वर्षे कार्यकालमा धरानका खोलाबाट खोलाजन्य सामग्री निकासका लागि ठेक्का नलगाउने

घोषणा गरेसँगै उनका समर्थकहरुसमेतले उनको अभियानलाई साथ दिएका छन् । सोमबार बसेको धरान उप-महानगर पालिकाको पहिलो कार्यपालिका बैठकमा धरानका खोला ठेक्का नलगाउने आफ्नो निर्णय रहेको मेयर साम्पाङले सुनाएपछि

धरानका अधिकांश वडाध्यक्षहरुले विरोध जनाएका थिए । वि’रोधपछि उपमेयर अइन्द्रविक्रम बेघाको संयोजकत्वमा एक कार्यदल गठन भएको थियो । उपमहानगरपालिकाको दोस्रो कार्यपालिका बैंठकका लागि आज(बिहीबार) मेयर साम्पाङले २ बजे बस्नेगरी सूचना जारी गरेका थिए ।

कार्यपालिका बैठक बस्ने सूचना पाएपछि बैठक बस्नुअघि नै निर्वाचनअघि मेयर साम्पाङलाई खोला उत्खनन रोक्ने आन्दो-लनमा साथ दिनेहरु र अन्य नगरवासीहरु उप महानगरपालिकाको गेटअगाडि खोला उत्खनन नगर्न माग गर्दै धर्नामा बसेका छन् ।

धरान उपमहानगर प्रमुख साम्पाङलाई खोला उत्खनन रोक्न कार्यपालिका सदस्यहरूलाई दबा’ब दिन साम्पाङका समर्थकहरुले गेटअगाडि धर्ना दिएका हुन् । कार्यपालिका बैठकमा लाइभमा देखेपछि खोला उत्खनन गर्न नहुने भन्दै धर्ना दिएको धरान ११ का दानबहादुर घिमिरेले बताए । उनले सबै राजनीतिक दललाई अवसर दिएपनि जनताको काम गर्न नसकेको बताए ।

धर्नामा सहभागी धरान ११ की गंगालक्ष्मी राईले धरानको पर्यावरण संरक्षण गर्नुपर्नेमा वडाध्यक्षहरुले खोला उत्खनन गर्न मेयर दबाब दिएको बताइन् । उनले भनिन् ‘मेयरलाइ आँैला उठाइउठाई द’बाब दिएको छ । पहिलेका अध्यक्षलाई पनि यस्तै गर्थे कि अहिले मात्रै हो ?’ उनले पर्यावरण संरक्षण नगरे प्राकृतिक विप’त्ति आउने बताइन् ।

उनले धरानको खानेपानीको मुख्य स्रोत सर्दु जलाधार र सेउती,सर्दु र लेउती खोला नै भएकाले पानीको स्रोत संरक्षणका लागि पनि खोला उत्खनन रोक्नुपर्ने बताइन् ।

उनले कार्यपालिका सदस्यले मेयरले के गल्ती गरेर औला ठडाउँदै दवाव दिएको भन्ने प्रश्न गरिन् । उनले विगतमा खोलाजन्य सामग्री बिक्रि गरेको ६ करोड रकमले के विकास भयो भन्ने थप प्रश्न गरिन् । धरान १५ का राम लिम्बूले खोला उत्खनन गर्न पाउनुपर्छ भन्ने कुराले वडाध्यक्षहरुको ठेकेदारसँग साँठगाँठ रहेको देखिने बताए । प्रदेश पोटल बाट

२०७९ जेष्ठ २६, बिहीबार प्रकाशित 1 Minute 255 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।