
जेठ २५, धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानका खोलाबाट अबैध रुपमा खोलाजन्य सामाग्री उत्खनन गर्ने र तस्करी गर्नेहरु वि’रुद्ध एक्सनमै उत्रिएका छन् ।
मेयर साम्पाङको निर्देशनमा धरान उपमहानगरको खोलामा अवै’ध रुपमा उत्खनन् गरि खोलाजन्य सामाग्री तस्क-री गर्ने ४ वटा ट्याक्टरलाई नियन्त्रण लिइएको छ ।
धरानको सर्दु र सेउती खोला उत्खनन गरी अबैध-रुपमा ढुङ्गा गिटी र बालुवा निकाल्दै गरेको अवस्थामा ४ वटा नियन्त्रणमा लिएको नगर प्रहरी प्रमखु बिष्णु कोइरालाले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी र नगर प्रहरी संयुक्त टोली ट्याक्टर नियन्त्रणमा लिएको हो ।
४ मध्ये ३ वटा ट्याक्टर लिएको हो । मङ्गलबार धरान १५ को महादेव चोकबाट सेउती खोलाबाट को २ त ३१५४ नम्बरको भूपाल बस्नेतको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
ती ट्याक्टरलाई आन्तरिक राजस्व कार्यालयमा बुझाइने प्रमुख कोइरालाले बताए । उनका अनुसार पहिलो पटक पक्राउ परेकालाई १० हजार रुपैयाँ जरिवाना र दोहोरिएकालाई पटके पिच्छे थप १० हजार जरिवाना गर्ने बताए । प्रदेश पोर्टल बाट