२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

मेयर साम्पङको अर्को कदम – खानेपानी मुहानमा नगर प्रहरीको बिट, अब पानीमा भिज्नु नपर्ने !

जेठ २५, धरान : धरान भेडेटार सडकखण्डको आँपगाछी क्षेत्रमा रहेको धरानको खानेपानीको मुहानको सुरक्षामा खटिने नगर प्रहरीको लागि धरान उपमहानगरले प्रहरी बिटको स्थापना गरिदिएको छ ।

धरानको मुख्य खानेपानी मुहान सर्दु खोलाको मुहान क्षेत्रमा धेरै फोहोरमैला हुने गरेको पाएपछि नगरले पछिल्लो समय नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा दस्ता परिचालन गरेको थियो ।

एक हप्ता पहिलेबाट पहरा सुरु गरेका नगर प्रहरी र नेपाल प्रहरीको टोलीको घाम पानीमा त्यत्तिकै बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै उपमहानगरले प्रहरी बिटको निर्माण गरिदिएको हो ।
धरान उपमहानगरको खानेपानी मुहान आँपगाछी क्षेत्रमा

धरानबाट भेडेटार हुँदै पहाडी जिल्लाको यात्रुवाहक सवारीहरुले रोकेर सौच गर्ने गराउने कार्य गरेको पाइएपछि मुहान सुरक्षा भन्दै सुरक्षा पहरा सुरु गरिएको हो ।

उपमहानगरका मेयर हर्क साम्पाङ्ग निर्वाचित भएलगत्तै खानेपानीको मुहान क्षेत्रको निरीक्षण गरी फोहोरमैला संकलन गरेका थिए भने त्यसको दोस्रो दिनबाट नगरप्रहरी परिचालन गर्ने निर्णय गरेका थिए ।

अहिले सो क्षेत्रमा दैनिक ६ जनाले सुरक्षा पहरा दिइरहेको धरान उपमहानगरपालिकाको नगर प्रहरी शाखाले जानकारी दिएको छ । यो समाचार प्रदेश पोर्ट्ल मा छ ।

२०७९ जेष्ठ २५, बुधबार प्रकाशित 0 Minutes 353 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।