२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

नयाँ बानेश्वरमा बि-रोध प्रदर्शन – जनताको ढाड सेक्न पाइँदैन, महँगो प्लेट चाहिँदैन

जेठ २४, काठमाण्डाै : गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सरकारको आग्रहलाई अव्यावहारिक बताउँदै राष्ट्रिय युवा सङ्घ नेपालले विरो’ध प्रदर्शन गरेको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालले आज मङ्गलवार नयाँ बानेश्वरकाे यातायात व्यवस्था विभागमा वि’रोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सरकारले गरेका निर्देशनको नाराबाजीसहित चर्को आलो’चना गरिएको थियाे ।

प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय युवा सङ्घका अध्यक्ष किरण पौडेलले यदि सरकारकाे सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट आवश्यक हो भने सम्पूर्ण खर्च सरकारले नै बेहोर्नुपर्ने बताउनुभयो । उहाँले इम्बोस्ड नम्बर प्लेटको नाममा सरकारले माफियाहरूलाई पोस्ने काम गरेको आराेप लगाउनुयभाे ।

इम्बोस्ड नम्बर प्लेट जडानमा अर्बाैँकाे स्वार्थ लुकेको भन्दै युवा सङ्घ अध्यक्ष पौडेलले भाेलि बुधवार अख्ति’यार दुरु’पयोग अनु-सन्धान आयोगमा छान’बिनका लागि लिखित उजु’री दिइने बताउनुभयो ।

वि-रोध प्रदर्शनमा ‘जनताको ढाड सेक्न पाइँदैन, महँगो प्लेट चाहिँदैन,ठेकेदारलाई दुई वर्ष थप, जनतालाई एक महिनाको अल्टिमेटम’ लेखिएको ब्यानरसमेत प्रदर्शन गरिएको थियो ।

२०७९ जेष्ठ २४, मंगलवार प्रकाशित 1 Minute 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।