२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

३ करोड ८९ लाख नगदसहित ५ पक्राउ !

३ करोड ८९ लाख नगदसहित ५ पक्राउ !

जेठ २४, काठमाडौं : चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित पाँच जनालाई प्रह’रीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक छन् ।
नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१०

नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागू-औष’ध नियन्त्र’ण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा उक्त रकम भेटिएको हो ।

प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी चालक गुरुङ लगायत ४ जना चिनियाँ नागरिकलाई प’क्राउ गरिएको प्रहरीले जनाएको छ । घट’नाका सम्बन्धमा प्रहरीले थप अनु-सन्धान गरिरहेको छ । प्रवास खबर बाट

२०७९ जेष्ठ २४, मंगलवार प्रकाशित 1 Minute 182 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।