२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

कपडामा सुन लेपन गरेर दुबई बाट आएका ७ जना पक्राउ !

जेठ २३, काठमाडौं : प्रहरीले भन्सार छलेर सुन ल्याउनेसहित उक्त कार्यमा संलग्न हुने गरी सातजनालाई पक्राउ गरेको छ। दुबईबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको

जहाजमार्फत सुनको पेस्ट बनाइ भन्सार छली अवैध रूपमा सुन नेपाल भित्र्याइएको थियो। प्रहरीले गोप्य सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन ल्याउने सुरेश बहादुर

शाही र सन्दिप चन्द ठकुरीलाई प’क्राउ गरेको हो।
साही गुल्मी घर भई हाल रुपन्देहीको सैनामैना-१ मा बस्दै आएका थिए भने ठकुरी बाणगंगा-०८ कपिलवस्तुका हुन्।

साथै उनीहरुका अन्य ५ सहयोगीलाई पनि काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको छ। पक्राउ पर्ने सहयोगीहरुमा निर्मला घलान, राहुल भन्ने बरूण भक्त माथेमा, लोप्साङ ग्याल्सेन,

युवराज भुषाल र अमन राजपुत रहेका छन्। उनीहरुलाई विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

२०७९ जेष्ठ २३, सोमबार प्रकाशित 1 Minute 251 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।